
हैन हाम्रो देशको झन्डाले ति झन्डा बिरोधीहरुको के बिगारएको थियो होला र विश्वको नमुना र पृथक तथा नेपाली बीर स्वतन्त्र अस्तित्वको परिचायक । जसको लागि सात दिन सम्म त पानी पनि नपिइ लडे हाम्रा पुर्खा, लाई किन परिवर्तन गर्नु पर्यो । हुन त यहाँ शंका गर्ने ठाउहरु धेरै छन माओवादीले राज्य पुनःसरंचनापछि प्रान्तको संख्या अनुसार तारा अंकित र नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । जुन झन्डा लगभग भारतको झन्डाको जस्तै स्वरुपको हुन्छ होला । त्यसो भए के माओवादी पनि कतै (प्रचन्डकै बोली सापटी लिएर भन्दा)बिदेशी प्रभुकै ईशारामा नाचेको त हैन । नत्र भारतको जस्तै झन्डाको प्रस्ताव किन ?
अब संबिधान बनाउन लाग्नु कि नयाँ झन्डाको खाका कोर्न तिर लाग्ने हो ।
नेपालको झन्डाले राजतन्त्र र हिन्दू अधिराज्यको झलक दिन्छ भन्ने सोच पुरै गलत हो किनकी नेपालको झन्डाले सम्पूर्ण नेपाली र नेपालको ईतिहासको झलक दिन्छ । नेपालमा मात्रै एउटा यस्तो झन्डा छ जुन बिश्वमै नमुना झन्डा हो किनकी नेपालको झन्डा अन्य देशको झन्डाको आकारप्रकारसंग मेल खाँदैन । नेपालको त्रिकोणात्मक झन्डा परिवर्तन गर्दैमा नेपालीको दिमाग परिवर्तन हुने हो र ?त्यसैले बरु झन्डा परिवर्तन गर्ने भन्दा कमरेढहरुको दिमाग परिवर्तन गरेर संबिधान बनाउने तर्फ लग्ने कि । हैन भने त समय जान लागिसक्यो कमरेढ । नेपालीको मनमा रहेको शंकामा मलजल नगरेर सबै मिलेर नयाँ संबिधान नबनाएर राजा फर्काउने चालतर्फ नलागौ कमरेढ ।
1 प्रतिकृयाहरु:
Nice thinking I support u leaders have to make constitution first by uniting themselves
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।