Thursday, September 10, 2009

एकै छिन रमाइलो गर्ने कि !!

कती देशको नराम्रो कुरामात्रै गर्नु एकै छिन रमाइलो पनि गरौँ न।
*********कोलम्बसको बुबा
**********

छोरा (आफ्नो बुवासँग):- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:- तँ भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि तँ भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइलाई थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो?

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।


***********सगरमाथा भन्दा अग्लो मान्छे***********

सन्देह: सुन न आकाश, संसारमा सगरमाथा भन्दा अग्लो के होला है ?

आकाश: ल, तिमिलाई त्यति पनि थाहा छैन ?

सन्देह: अँह ।

आकाश: त्यो त मान्छे नै हो नि ।

सन्देह: कसरी नि ?

आकाश: सगरमाथाको टुप्पामा मान्छे चडेपछि त्यो भन्दा अग्लो भएन त !


***************सालीको कट्टु फुकाल्छु******************

दुईजना कर्मचारी कुरा गर्दै

पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?

दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?

पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।

दोश्रो: हँ ! किन …?

पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks