Friday, September 18, 2009

नेपाल होइन लपाने, बुद्धको ठाउमा चाँही कस्लाई राख्ने?

अबको नयाँ संबिधानमा नेपालको नाम फेरेर 'लपाने' राखे कसो होला ? नयाँ नेपालमा सबै राष्ट्रिय प्रतिकहरु फेर्न पर्ने भए नेपाललाई पनि 'लपाने' बनाउ । अब बुद्धको ठाउमा चाँही कस्लाई राख्ने हो किनकी बुद्ध त राजाका छोरा हुन नि । यि पनि राजा सँग सम्बन्धित छन क्यारे । अब के गर्ने होला ? बुद्धलाई त सर संसारले शन्तिका अग्रदुतका रुपमा चिन्छन । अब बुद्धको ठाऊमा कस्लाई राख्ने हो ? अब डाफेँ चरालाई लात मरेर कुखुरा(कुखुराको मासु खानु त परै जाओस् कुखुराले छोयो भने नुहाउने मानिसहरु पनि छन नेपालमा)लाई नै राष्ट्रिय चरा बनाउने रे । फेरी राष्ट्रिय जनवर गाइलाई पनि परिवर्तन गरेर खै कुनी के राख्ने हो ? मस्यौदा उपसमितिका संयोजक देवप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय चिहृनहरू डाँफे, गाई, सिमि्रक र लालीगुराँसलाई कायमै राख्ने कि नराख्ने, राख्ने हो भने के के राख्ने भनेर छलफल भएको जानकारी उपसमितिका उपसचिव वासुदेव उप्रेतीले दिनुभयो ।

राष्ट्रिय चिहृनबारे समितिमा छलफल भए पनि टुङ्गोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय समितिको बैठकमा नै गर्ने सहमति भएको छ रे । अझ एकजना सदस्यले त 'मैले लालीगुराँस नै नदेखी आईएस्सी पास गरेँ, यो लालीगुराँस नै किन राख्ने' भनेर प्रश्न पनि राख्नु भएछ । अब झन्डा परिवर्तन गर्नु पर्‍यो त पहिल्यै भनिसकेका हुन । नेपालमा मात्रै हो केही यस्ता UNIQUE बस्तुहरु राष्ट्रिय प्रतिकहरु छन जो अन्य देशका मिल्दैन । नेपालको झण्डा, राष्ट्रिय चरा डाफेँ राष्ट्रिय फूल ललिगुराँस आदिलाई नै हेरौ न । अब देशलाई चिनाउने सम्पूर्ण प्रतिकहरु नै हटाउनु पर्ने भए सागरमाथा चीनलाई दिउ मधेश जती ईन्डियालाई दिउ अनी बाँकी भु भाग मात्रै नेपालको राखौ त्यसो गरे कसो होला .......?

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks