याद गर माओवादी तिमीहरु ठुलो दल हुनुमा हिन्दू धर्म मान्ने जनताहरुले दिएको भोटको नै भूमिका छ ।त्यसैले पशुपतिमा राजनीति नगर ।
पशुपतीनाथ जस्तो सम्पूर्ण हिन्दू धार्मालम्बीहरुको आस्थाका प्रतिकको मन्दिरमा नेपाली मात्रै होइन बिश्वभरिका हिन्दूहरुले योग्यताका आधारमा प्रतिस्पर्धाबाट पूजारी हुने अवसर पाउनुपर्छ ।
फेरी पनि पशुपतिनाथको मन्दिरमा एउटा अप्रिय घटना घट्यो । पशुपतीनाथको मन्दिरका नयाँ पूजारीहरुलाई माओवादीका कार्यकर्ताहरुले गुप्तवास बसिरहेको कोठाको ढोका फोरेर चुटेछन्। त्यति मात्र हो र, जनै पनि चुँडालिदिएछन् जस्ले गर्दा पूजारीहरु रोए रे।
यसबाट माओवादीलाई के-कती नाफा वा नोक्सान के भयो त्यो त उनिहरुलाई नै थाहा होला तर धर्ममा ठाडो राजनीति भएको छ जस्ले गर्दा देशको प्रतिस्ठाका साथै विवेकी आँखा भएकाहरुको नजरमा माओवादीको प्रतिस्ठा पनि खल्बलिएको छ । हो माओवादीको कुर ठीक हो तर ति बिचरा पूजारीहरुको के दोश थियो नेपालको सरकार/ल्याउने ले नल्याइदिएको भए तिनिहरु पनि त यहाँ आउने थिएनन । अर्को कुरा पशुपतीनाथ जस्तो सम्पूर्ण हिन्दू धार्मालम्बीहरुको आस्थाका प्रतिकको मन्दिरमा नेपाली मात्रै होइन बिश्वभरिका हिन्दूहरुले योग्यताका आधारमा प्रतिस्पर्धाबाट पूजारी हुने अवसर पाउनुपर्छ । तर माओवादीका कार्यकर्ताहरुको यस्तो प्रवित्तिले गर्द सम्पूर्ण नेपाली जनता निराश बनेका छन । पशुपती वरपर गौशाला चाबहिल क्षेत्रमा दिनदिनै आन्दोलन भईरहेका नै छन ।

फोटो सभार : krishnashenonline.org
यसैबिच भारतीय विदेश मन्त्रालय र भारतीय राजदूतद्वारा प्रचण्ड लगायतका नेतालाई थर्काइए पछी आजै माओवादीले प्रेस बिज्ञप्ती जारी गरी पशुपतिको घटनामा आफुहरुको सङ्ग्लग्नता नरहेको दाबी गरिसकेको छ । पार्टिका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज कृष्णबहादुर महराले एक शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक सदभाव खल्बलाउने र हस्तक्षेप गर्ने आफ्नो पार्टी नीति नभएको भन्दै 'जनसमुदाय'को स्वतन्त्र संघर्षको विषयलाई अनावश्यक र पूर्वाग्रही रुपमा आफ्नोपार्टीप्रति लक्षित नगर्न आग्रह गरेका छन।
'हाम्रो पार्टी जनताको धार्मिक स्वतन्त्रताप्रति विश्वास गर्छ र जनसमुदायको कुनै पनि विषयमा विरोध वा समर्थन गर्ने स्वतन्त्र अधिकार र भावनाको सम्मान गर्दछ' महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै उनले पशुपतिनाथ मन्दिरको पुजारीमा नेपाली नागरिक नियुक्त हुनुपर्छ भन्ने माग नेपाली जनसमुदायले लामो समयदेखि उठाउँदै आएको भन्दै हालै सरकारले पुजारी नियुक्ति सम्बन्धि गरेको निर्णयप्रति असहमति जनाउँदै 'जनसमुदाय'का तर्फबाट संघर्ष समिति गठन भइ संघर्षका कार्यक्रम गर्दै आएको जनाएका छन
पशुपतिमा घृणित राजनीति सुरु भएको लगभग एक बर्ष मात्रै बहेको छ । परम्पराका नाममा भारतीय पूजारी नै जारी राख्नुपर्छ भन्ने, नेपाली पूजारी पनि राख्नुपर्छ भन्ने र नेपाली पूजारी त राख्नुपर्छ तर हचुवा तालमा सरकारी नियुक्ति गरे सरह हैन योग्यताका आधारमा प्रतिस्पर्धा गरेर राख्नुपर्छ भन्ने तीन थरिका विचार देखापरेपछी नै पशुपतिमा थडो राजनीतिक हस्तक्षेप सुरु भएको हो ।
पशुपतिको भेटी व्यक्तिगत गोजीमा गइरहेकोमा सबैको चासो छ। यसलाई व्यवस्थित र पारदर्शी बनाउन सबैतिरबाट आवाज उठेको हो। तर यसरी मुठभेडको रणनीति अपनाएर मागहरु पूरा हुँदैनन्। चित्त नबुझेको कुरामा बहस गर्न पाइन्छ, विरोध गर्न पाइन्छ। तर निर्दोशहरुलाई कुटेर पिटेर आफ्ना कुरा मनाउँछु भन्ने सोच अब माओवादीले त्याग्नै पर्छ।नत्र जान्ने बुझ्नेहरुले भोली माओवादीको नै बिरोध गर्दै हिंड्नेछन ।
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।