Saturday, September 12, 2009

के जनताले यिनिहरुलाई भोट दिएको यै दिन देख्न हो त ?

के जनताले यिनिहरुलाई भोट दिएको यै दिन देख्न हो त ? मनमा हिजो देखी यै बिचारले स्थान पाइरहेको छ जब सुनियो कि बर्षमान पुनले सुजाता जोस्ट उर्फ कोइरालालाई प्र.म. बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताए । अध्यक्ष काम्रेड त पहिले देखिनै बोलिको ठेगान नभएका नेताको रुपमा चिनिन्थे तर अब सिङ्गो पार्टी नै बोलिका ठेगान नभएका नेताहरुको पार्टीको रुपमा चिनाउन सहयोग गर्दै छन बर्षमान पुन । लोकतन्त्र मात्रै नभएर सिङ्गै गणतन्त्र आइसकेको देश नेपालमा माओवादीमा जनताहरुले विश्वाश गर्ने नेताहरुमा सबै भन्दा अगाडि आउने नामहरु हुन, बर्षमान पुन र बाबुराम भट्टराई । तर अब जनताले बर्षमान पुनमाथीको भरोसा पनि उनी आँफैले तब तोडे जब उनले बेबी किङ राख्‍नुपर्छ, २०४७ सालको संविधान ब्युँताउनु पर्छ भन्ने सुजाता जोस्ट उर्फ कोइराला यानी कलियुगका नेपाली धृतराष्ट्रपुत्रीलाई प्र.म. बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताए ।

हजुर हिजो धमला उर्फ रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा माओवादी नेता वर्षामान पुनले राष्ट्रिय सहमतिको सरकार सुजाताको नेतृत्वमा पनि जान सकिन्छ भन्ने स्पष्ट स‍ंकेत गरेका छन्। शायद यस विचारमा क.प्रचन्ड लगायत सम्पूर्ण पार्टिको नै पनि सहमति भएर हो कि के हो यस बिषयमा हरेक संचार माध्यममा समाचार आउँदा पनि सिङ्गो पार्टी मौन छ । पार्टीका कुनै पनि नेताहरुले यस बिषयमा नबोल्नाले सिङ्गो पार्टीले नै मौन समर्थन गरिरहेको देखिन्छ । अध्यक्ष काम्रेड त पहिले देखिनै बोलिको ठेगान नभएका नेताको रुपमा चिनिन्थे तर अब सिङ्गो पार्टी नै बोलिका ठेगान नभएका नेताहरुको पार्टीको रुपमा निचिनियोस ।
जय गणतन्त्र !

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks