Sunday, September 6, 2009

हातहातमा बन्दुक नै नागरिक सर्वोच्चताः दाहाल

अजित तिवारी, विराटनगर भदौं २१- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिकको हातमा बन्दुक हुनु नै नागरिक सर्वोच्चता भएको बताएका छन्। माओवादीले उठाउँदै आएका नागरिक सर्वोच्चताको विषयमा सबैले आ-आफ्नै खाले तर्क र विश्लेषण गरिरहेको बेला दाहालले माओवादीले चाहेको नागरिक सर्वोच्चता बारे प्रष्ट पारेका हुन्।

'नागरिकको हातमा बन्दुक हुनुपर्छ, यो बन्दुकको कुन्दाभित्र नागरिक कुहिनु नपरोस त्यही हो नागरिक सर्वोच्चता'-आइतबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अधयक्ष दाहालले भने । नागरिक सर्वोच्चताको मर्म नै बन्दूक जनताको नियन्त्रणमा हुनु रहेको उनले तर्क गरे।


'वीपीले पनि भनेका थिए सेनालाई लोकतान्त्रिककरण गर्न सकिएन् अब कांग्रेसीहरुले वीपीको कुरा मान्नुपर्यो'-दाहालले भने-'लोकतन्त्रलाई संस्थागत गर्न चाहन्छन् भने कांग्रेसले वीपीको कुरा मान्नुपर्छ।'

'यतिखेर नेपालमा क्रान्ति र प्रतिक्रान्ति लोकतन्त्र र निरन्कुशता जनताको कि बन्दूकको सर्वोच्चता भनेर ठूलो बहस भइरहेको छ'-दाहालले भने- हामी क्रान्ति लोकतन्त्र र जनताको निम्ति लड्दैछौ।


सरकारप्रति संकेत गर्दै उनले विदेशी प्रभुको सहयोगमा आफूले लत्याएको सिंहासनमा बस्नेहरुले जनताको अभिमत बिर्सेर ठूलो भुल गरेको टिप्पणी गरे। नेपाली जनताले आर्जन गरेको प्रतिष्ठालाई धूलोमा मिलाउनको लागि देश-विदेशका दलालहरु लागेको उनले आरोप लगाए । तर ती देशी-विदेशी दलाल को हुन् भन्ने खुलाएनन्।
Source:-nagariknews.com

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks