Wednesday, September 9, 2009

नयाँ नेपालमा नयाँ संबिधान बन्ने कहिले


हैन यि नेताहरुलाई जनताहरुले भोट दिएका संबिधान बनाउन हो कि नेपाललाई संबिधानबिनाको देश बनाउन हो ?

अब यस्तै प्रश्न उब्जन थालेको हुन सक्छ हरेक नेपालीको मनमा जब फेरी पनि संवैधानिक समितिहरुले समयमा संविधानको प्रारम्भिक मस्यौदा बुझाउन नसकेपछि संविधान निर्माणको समय तालिका छैठौ पटक परिवर्तन भयो। नेता तथा दलहरुलाई सरकार बनाउने र ढाल्ने र अर्काले आफ्नो सरकार ढाल्ला भनेर सरकार कसरी टिकाउने भन्दैमा फुर्सद छैन त्यसैले संविधान जारी गर्ने २०६७ जेठ १४(जुन्सुकै बेला परिवर्तन हुन सक्छ। )सम्म सरकारमा रहेका पर्टिहरुलाई सरकार टिकाउने र प्रतिपक्षका नेताहरुलाई कसरी सरकार ढाल्ने भन्ने उपाय खोज्दैमा बित्ने भो । अब यस्तो भएपछी कसरी बन्छ नयाँ संबिधान , र कसरी बन्छ नयाँ नेपाल ?
के सभासदहरु पनि भत्ता खुवाउन मात्रै सभासदहरु बनाइएको हो त ? त्यसो हो भने सभासदहरुलाई दिने भत्ता कर्णालीबासी जनताहरुलाई खाध्यान्न बाँडे कम्सेकम तिनिहरुले खान त पाउछन । अथवा जुम्लाका झाडापखला पीडितहरुलाई लगेर औषधी बितरण गरे तिनिहरुको बिमार त निको हुन्छ । अब नयाँ नेपालमा नयाँ संबिधान बन्ने कहिले ??

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks