Sunday, September 13, 2009

शिक्षकको दरबन्दी बढाउनु पर्ने माग राख्दै आन्दोलनमा क्रान्तिकारी

मुलुक भरिका झण्डै चार सय भन्दा बढी उच्च माध्यामिक विद्यालयहरुमा पठनपाठन ठप्प

आजदेखी फेरी पनि अनेरास्वबियु क्रान्तिकारीको अगुवाइमा शैक्षिक आन्दोलन सुरु भएको छ । पनि शिक्षकहरुको दरबन्दी बढाउनु पर्ने लगायत बिभिन्न १३ सुत्रिय माग क्रान्तिकारीहरुको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीको भ्रातृ संगठन अनेरास्वबियु क्रान्तिकारीको आइतबारदेखिको आन्दोलनले मुलुक भरिका झण्डै चार सय भन्दा बढी उच्च माध्यामिक विद्यालयहरुमा पठनपाठन ठप्प बनाएको छ । शुल्क निर्धारण, शिक्षक दरबन्दी बढाउनु पर्ने, सेवा सुविधालगायतका १३ सुत्रीय माग राखेर अखिल क्रान्तिकारीले आइतबारदेखि चार दिनसम्म मुलुक भरिका सम्पुर्ण निजी उच्च मावि बन्द गराएको संगठनका माहसचिव हिमाल शर्माले जानकारी दिए ।उनले उच्च माविहरुमा सामान्य पूर्वाधार पनि निर्माणनै नगरेर सञ्चालनमा ल्याएको र विद्यार्थीको भविष्यमा खेलवाड गरेकाले आन्दोलनमा उत्रनुपरेको बताए । यसरी विद्यार्थी हकहितका लागि भन्दै बिद्यालय बन्द गराएर के विद्यार्थीको हकहित प्राप्त हुन्छ? हुन त माउपार्टीको नारा 'नागरिक सर्वोच्चता' र भ्रातृ संगठनको नारा 'विद्यार्थी हकहित'ले न सरकारको केही बिगार्न वा सरकारको ध्यानाकर्षण गराउन सक्छ न त शिक्षकहरुलाई नै फरक पर्न सक्छ ।

खाली घाटा पर्ने वा फरक पर्ने भनेको जनताहरु जो बिहान बेलुकिको छाकलाई घटाएर छोराछोरीलाई राम्रो पढाउने सपना देखिरहेका छन । अनी फरक पर्छ त ति विद्यार्थीलाई जो आफ्नो परिवारको सपना पुर गर्न पढ्न चाहन्छन । फरक पर्छ त ति विद्यार्थीलाई जो दिन रात मिहिनेत गरेर पढ्न चाहन्छन । के आन्दोलनले विद्यार्थीलाई वा अभिभावक कसैलाई फाईदा गर्छ ? तर यहाँ त विद्यार्थीलाई शिक्षाकले कुटे भने पनि कलेज बन्द , चक्का जाम हुन्छ । यसो गर्दा घाटा सरकारलाई हुन्छ कि शिक्षक, जसलाई घरमा बसे पनि तलब आउछ , वा त विद्यार्थी जसले कलेज गए पनि नगए पनि उती नै फी तिर्नु पर्छ? यसतर्फ पनि विद्यार्थी हकहितका लागि लड्नेहरुले सोच्ने कि ?

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks