Friday, September 11, 2009

साढे तीन महिनामा आठपटक मन्त्रीपरिषद विस्तार

यसरी भयो साढे तीन महिनामा आठपटक मन्त्रीपरिषद विस्तार :
  • पहिलो किस्ता : जेठ ११ गते (तीन सदस्यीय) - प्रधानमन्त्री माधव कुमार नेपालले एमालेका विद्या भण्डारीलाई रक्षा र सुरेन्द्र पाण्डे अर्थमन्त्रीमा नियुक्त गरे।
  • दोस्रो किस्ता : जेठ २१ (११ सदस्यीय ) - नेपाली काग्रेसका ६, मधेशी जनअधिकार फोरमको एक र नेकपा मालेको एक सदस्य थप गरियो। फोरमबाट विजय कुमार गच्छदारलाई उपप्रधानमन्त्री र भौतिक योजना तथा निर्माण मन्त्री र काग्रेसकी सुजाता कोइरालालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरियो। काग्रेसका अन्य र मालेवाट मन्त्री बनेकालाई त्यस दिन जिम्मेवारी दिइएन।
  • तेस्रो किस्ता : असार ३ (२२ सदस्यीय) - तेस्रोपटकको मन्त्रीपरिषद विस्तारमा एमालेका चार मन्त्री, तीन राज्यमन्त्री र काग्रेसबाट एक मन्त्री र ३ राज्यमन्त्री थप गरियो। त्यसअघि नियुक्त काग्रेस र मालेका मन्त्रीलाई पनि विभागीय जिम्मेवारी दिइयो।
  • चौथो किस्ता : असार १० (३० सदस्यीय ) - चौथोपटकको मन्त्रीपरिषद विस्तारमा फोरमका दुई, तमलोपाका तीन, राप्रपाका एक मन्त्री तथा मालेका एक र तमलोपाका एक राज्यमन्त्री थप गरियो।
  • पाँचौ किस्ता : असार १९ (३२ सदस्यीय) - पाँचौपटकको विस्तारमा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र समाजवादी प्रजातान्त्रिक प्रेमबहादुर सिंहलाई थप गरियो।
  • छैठौँ किस्ता : असार १९ (३२ सदस्यीय) - पाँचौपटकको विस्तारमा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र समाजवादी प्रजातान्त्रिक प्रेमबहादुर सिंहलाई थप गरियो।
  • सातौँ किस्ता : साउन १४ (३३ सदस्यीय) - छैटौपटक मन्त्रीपरिषद विस्तार गर्दा नेकपा संयुक्तका ठाकुर शर्माले वातावरण मन्त्रीको जिम्मेवारी पाए।
  • आठौँ किस्ता : भदौ २६ (४४ सदस्यीय) - आठौपटक विस्तारमा तमलोपाका एक राज्यमन्त्री र एक सहायकमन्त्री थप गरिएको हो।
हुन त माधव कुमार नेपाललाईलाई अप्ठ्यारै होला नुनको सोझो नगर्दा तर पनि मन्त्रिमण्डल बिस्तार गरेर सभासदभन्दा धेरै मन्त्री गराउनु भन्दा तिनि(अनाबस्यक मन्त्री)हरुलाई दिने तलव भत्ताको रकम बिकास निर्माणमा खर्च गरे देशको केही प्रगती हुन्थ्यो कि ?

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks