Showing posts with label Buddha. Show all posts
Showing posts with label Buddha. Show all posts

Wednesday, March 17, 2010

कहाँ छन देशप्रेमी ?, भारतमा बन्दै छ लुम्बिनी

केहि समयअघि ब्लगर दाजु K.P. ढुंगानाको ब्लगमा पढेको थिएँ "गुगलम्याप भन्छ : बुद्ध भारतको"| उहाँले गूगलम्यापमा कसैले edit गरेर यस्तो गरेको र यो बदमासी भएको भनेर लेख्नु भएको थियो तर आज नयाँ पत्रिकाको खबर पढेपछि लग्यो यो त भारतको खेल नै पो रहेछ | नयाँ पत्रिकामा लेखिए अनुसार भारत सरकारले नै उत्तरप्रदेशको अलिगढ़ावामा धमाधम नक्कली लुम्बिनीको निर्माणकार्य गरिरहेको छ| सरकारमा रहुन्जेल केहि नबोल्ने अनि सरकारबाट बाहिरीइसकेपछी चाहिँ सिमास्तम्भ जाच्न जाने माओबादीका देशप्रेमी नेताहरु अहिले कहाँ छन् कि निदाए ??अनि वर्तमान सरकार वर्तमान परिप्रेक्ष्यमा आफ्नै (कुर्सिको) ठेगान छैन भारत पनि रिसायो भने त के गर्नु त्यै भएर निरिह सरकार वर्तमान परिप्रेक्ष्यमा तैं चुप मै चुप| अब भारतको यो कार्यको बिरोध कसले गर्ने ? पढ्नुहोस नयाँ पत्रिकाको समाचार जस्ताको तस्तै:

Linking Networks