Showing posts with label Important Tips. Show all posts
Showing posts with label Important Tips. Show all posts

Thursday, November 19, 2009

सफल बिवाहित जीवनका लागि केहि सुत्रहरु

  • एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।
  • सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।
  • आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।
  • कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।
  • कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।
  • एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।
  • आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।
  • यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
  • कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।
  • एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।
  • एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।
  • समय समयमा घुम्ने गर्नुहोस ।
  • एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।
  • एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस।
Source:- Dainikee.Com

Wednesday, September 2, 2009

जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस:

यसो ईन्टरनेटको दुनियाँबाट संसार चियाउदै गर्दा दैनिकीडट्कम् मा भेटिएका टिप्स पुरानै भए पनि राम्रो लागेर यहाँ राखेको छु । तपाईंलाई कस्तो लाग्छ आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा लेख्नु होला ।

१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्दा दिमागको प्रयोग गर्ने गर्नुहोस् ।

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्यै नबिर्सनुहोस ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुहोस् ।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुहोस् ।

५. बाबु आमालाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नबदल्नुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।

९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेट्नुहोस् ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।

११. आफ्नो पहिरनलाई शालिनताको हदमा राख्नुहोस।

१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस।

१३. ग्ल्यामरको पछाडी नलाग्नुहोस ।

१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।

Linking Networks