--राघव घिमिरेनयाँ नयाँ फेशन मन पराउने,
आफ्नो पुरानो र राष्ट्रिय भेषभुषा के मन पर्थ्यो तिमीलाई !
जापान र अमेरिकाको बर्णन गर्ने अनि भारतको चाकरी गर्ने,
नेपाली भै बाँच्न के मन पर्थ्यो तिमीलाई !
रमणीय महलमा मस्त निदाउने,
झुपडीको बास के मन पर्थ्यो तिमीलाई !
ठुला ठुला व्यबसायमा मस्त रहने ,
किसानको जीवन के मन पर्थ्यो तिमीलाई !
सधै कार चढ्ने बनि हुने,
पहाडको गोरेटो के मन पर्थ्यो तिमीलाई !
सुखी जीवन महसुस गर्ने,
दुखको आशु के मन पर्थ्यो तिमीलाई !
पश्चिमी रक, डान्स र पप गीतमा रमाउने,
लोक गीत अनि सारंगीको धुन के मन पर्थ्यो तिमीलाई !
नयाँ नयाँ युगमा प्रवेश गर्न खोज्ने,
आफ्नो कला र संस्कृति अनि परम्परा के मन पर्थ्यो तिमीलाई !


