Showing posts with label Festival. Show all posts
Showing posts with label Festival. Show all posts

Tuesday, April 13, 2010

नयाँ बर्ष २०६७ को हार्दिक शुभकामना


नयाँ बर्ष २०६७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् | २०६६ साल सँगै सम्पूर्ण नेपालीका मनबाट हिंसात्मक भावनाका साथै देशमा व्याप्त हत्या हिंसा आशान्ती जस्ता विकृतिहरु पनि हराएर जाउन र देशमा शान्ती छाओस,समयमै नयाँ संबिधान जारी होस्,देशमा तथा तपाईंहरु सबैको घर गाउँमा शान्ती छाओस | नयाँ बर्ष २०६७ले सम्पूर्ण नेपाललाई साच्चै सुन्दर शान्त र बिशाल बनाओस | यहाँहरु सबैमा नयाँ बर्ष २०६७ को यही छ हाम्रो शुभकामना |

Saturday, February 27, 2010

Happy Holi


यहाँहरु सबैलाई रंगहरु को चाड होली (फागु पुर्णिमा) को शुभकाना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

Wednesday, February 24, 2010

लोला आन्दोलन

देशमा दिनहुँ नयाँ नयाँ आन्दोलन हुदैछन | कहिले माओबादीको ग्ल्यामरस आन्दोलन हुन्छ त कहिले राप्रपा नेपालको संबिधान बनाउन दबाब सिर्जना गर्न ब्यंगात्मक आन्दोलन हुन्छन | यहि र यस्तै आन्दोलनहरुको बिचमा बर्षेनी एउटा आन्दोलन हुन्छ जुन आन्दोलन १५-२०/२५ दिनसम्म चल्छ तर न त यो आन्दोलनले नेपाल बन्द गराउछ न त चक्काजाम नै गराउछ | सबै आन्दोलनले जस्तै यो आन्दोलनले पनि जनतालाई दुख चाही दिन्छ त्यो पनि बिशेष गरि किसोरिहरु यस आन्दोलनको मारमा पर्छन | अब तपाइले पनि बुझ्नुभयो होला यो कस्तो आन्दोलन हो हजुर पक्कै पनि शिर्षकले पनि बुझाउछ कि यो आन्दोलन लोला यानी बेलुन आन्दोलन |

जति जति होलि नजिकिदैछ किशोरीहरुमा त्राश र सडकमा लोला लिएर बसेका युवाहरुको ताँती पनि बढ्दै छ |आपसी समझदारीमा खेलिने पर्व होलिलाई यो लोला आन्दोलनले पक्कै पनि राम्रो गराउदैंन |

Friday, January 1, 2010

इस्वी सम्बत नयाँ बर्ष र विक्रम सम्बतको नयाँ बर्ष

हुन त मैले विदेशीहरुको सिको नगरौ भन्न खोजेको होइन र उनीहरुको बिरोध गर्नै पर्छ भनेको पनि होइन | हो हामीले विदेशीहरुको राम्रो कुराको सिको गर्न सक्छौ अनि उनीहरुको Festivalहरुलाई Celebrate गर्न पनि सकिन्छ तर त्यसो भन्दैमा नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुल्नु चाही भएन | नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुलेर आखिर कहिलेसम्म हामी नेपाली नै रहिरहन सक्छौं ?

दुई तिन दिन देखि मेरो e-mail र मोबाइलको inboxमा संदेशहरुको यस्तो लिने लागेको छ कि पढ्ने फुर्सद पनि पाइदैन | कारण इस्वी सम्बतको नया बर्ष २०१० | हजुर मेरो मात्रै नभएर प्राय सम्पूर्ण नेपालीका मोबाइल र E-mailको Inboxमा New Year 2010को शुभकामनाका संदेशहरुले भरेका छन् | तर बिडम्बना विक्रम सम्बतको नयाँ बर्षका दिनहरुमा यसरि कमै नेपालीको मोबाइल र E-mailको Inboxमा यसरि शुभकामना संदेशहरु आउछन |

आखिर किन यस्तो हुँदै छ त | किन हामि अरुको सिको गर्दै आफ्नो राम्रो परम्परा र रितिथिति आदिलाई अंगाल्न सक्दैनौ त ? आखिर हामी किन बिदेशीको सिको गर्छौं त ? के नेपालीको पनि सिको गर्दै कुनै बिदेशीले नेपालीको चाडपर्वमा कुनै संदेश पठाऊछन् त ? हुनत राम्रो कुराको सिको गर्नु राम्रै हो तर त्यसो भन्दैमा हामि आफ्नो परम्परा अनि संस्कृति र आफुले आफुलाई नै बिर्सन थालेका छौं |

Thursday, October 22, 2009

छठको शुभकामना (Happy Chhath)


तराइमा विशेष रुपमा मनाइने छठ पर्व आज साँझ अस्ताउँदो सूर्य अर्घ दिने र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिएर सम्पन्न गरिँदैछ । पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति पाउने आकाङ्क्षाका साथ श्रद्धापुर्वक यो पर्व मनाइन्छ । छठ पर्वका अवसरमा देशभरिका नदी तथा तलाउका किनारमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

काठमाडौँमा बस्ने तर्राईका बासिन्दाले रानीपोखरी र बागमती किनारमा भेला भएर पर्व मनाउँदैछन् । यो पर्वलाई राष्ट्रिय षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैँले बनाएको सात्विक भोजन गर्ने गर्छन् । 'खरना' भनिने दोस्रो दिन दिनभरि व्रतालु उपबास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि 'खरना' को प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि खाने चलन छ ।

व्रतको तेस्रो दिन अर्थात् आज पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पीठोको सक्खरसहितको लड्डू, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट, मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ । सप्तमीका दिन सूर्यलाई दोस्रो अर्घ दिएपछि यो पर्वको समापन गरिन्छ ।

छठ पर्वको अवरसरमा तर्राईका विभिन्न जिल्लाहरूमा भव्य तयारी गरिएको छ । नदी किनारमा हजारौँ घाटहरू निर्माण गरी नदी किनारलाई सजिसजाउ गरिएका विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीले जनाएका छन् ।

Saturday, October 17, 2009

शुभ दिपावली(Happy Dipawali)




Saturday, September 19, 2009

आज घटस्थापनादेखि बडादसैँ प्रारम्भ

हिन्दूहरुको महान् चाड बडादसैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ बडादसैं मनाइन्छ।
बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ।

जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरीनुका साथै सिँगारेर सफासुग्घर राखिन्छ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ।
बडादसैँको सातौँ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ।
चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ।
विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ।
बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूर्णिमा सम्मका लागि बिदा गरिएका छन्।

Friday, September 18, 2009

HAPPY DASHAIN :: बिजया दशमीको शुभकामना


















आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्य पवने मानं च दुर्योधने ॥
सौर्य्र शान्तनवे बल हलधरे सत्य च कुन्तिसुते ।
विज्ञान विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥
बडा दशै २०६६ को हार्दिक शुभकामना !
दशै शुभ रहोस् यही मंगलमय कामना !!

Linking Networks