वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो
गरिब जनताको दुई छाक बन्द गर्नुभयो
काम गरि खानेलाई काम गर्न रोक्नु भयो
वाई-स्याल परिचालन गर्नुभयो
अनि आन्दोलन गर्नुभयो, ठुलै काम गर्नुभयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो
Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts
Sunday, May 2, 2010
Thursday, March 11, 2010
वा !!! मेरो देशका नेता भनौदाहरु
वा नेताज्यू तिमी भाषण गरेर शाषण गर्छौ
शाला हामि जनता दिनरात तिमीहरुकै शोषणमा पर्छौ
वा नेताज्यू तिमी कुर्सिको लागि खुट्टा तानातान र झगडामै ब्यस्त रहन्छौ
शाला हामि जनता तिमीहरुलाई कुर्सि मिलाउने साधन बन्छौं
वा नेताज्यू तिमी हामीलाई सपना देखाएर हाम्रै कारणले मन्त्री बन्छौ
अनि शाला हामीलाई नै बेवकुफ बनाउदैं हाम्रै रगतको होलि खेल्छौ
हो नेताज्यू बास्तवमा तिमीलाई मान्नै पर्छ,
किनकि तिमीले सक्छौ यस्तै गर्न
तर हामी शाला निरिह जनता केहि गर्न सक्दैनौ,
त्यसैले बाध्य छौं तिम्रो यस्तो चाला हेर्न

Tuesday, January 19, 2010
म त हरामी पो छु त
यो देशको म कर्णधार पो तपढ्न भनि स्कुल जान्छु
म नभए अरु को हो त ?
गाँजा चुरोट सबै तान्छु
रिस उठ्यो भने मास्टर हान्छु
म त हरामी पो छु त!!
बर्षमा तिन दिन स्कुल जान्छु
बाकि बसेको दिन हल्लेर खान्छु
Englishमा मेरो Zero आउछ
I Love You सधैं कण्ठ पार्छु
म त हरामी पो छु त!!
Sunday, January 10, 2010
के मन पर्थ्यो तिमीलाई !
--राघव घिमिरेनयाँ नयाँ फेशन मन पराउने,
आफ्नो पुरानो र राष्ट्रिय भेषभुषा के मन पर्थ्यो तिमीलाई !
जापान र अमेरिकाको बर्णन गर्ने अनि भारतको चाकरी गर्ने,
नेपाली भै बाँच्न के मन पर्थ्यो तिमीलाई !
रमणीय महलमा मस्त निदाउने,
झुपडीको बास के मन पर्थ्यो तिमीलाई !
ठुला ठुला व्यबसायमा मस्त रहने ,
किसानको जीवन के मन पर्थ्यो तिमीलाई !
सधै कार चढ्ने बनि हुने,
पहाडको गोरेटो के मन पर्थ्यो तिमीलाई !
सुखी जीवन महसुस गर्ने,
दुखको आशु के मन पर्थ्यो तिमीलाई !
पश्चिमी रक, डान्स र पप गीतमा रमाउने,
लोक गीत अनि सारंगीको धुन के मन पर्थ्यो तिमीलाई !
नयाँ नयाँ युगमा प्रवेश गर्न खोज्ने,
आफ्नो कला र संस्कृति अनि परम्परा के मन पर्थ्यो तिमीलाई !