अब कुरा गरौँ HSEB का परिक्षाहरुको जुन परिक्षामा केहि टाइट भनिने कलेजहरुले पनि बिध्यार्थीलाई चिट चोर्न छुट दिने गर्छन | अनि कुन कलेजमा आफ्नो सेन्टर पर्ने भनेर HSEB बोर्डमै गैर छलफल भएपछी सेन्टर तोकिन्छ भन्ने पनि यदाकदा सुनिने गर्छ | खैर छाडौं यस्ता कुरा कुरा गरौँ दुइ बर्ष अगाडिको जब मा HSEB बाट +२ को परीक्षा दिदै थिएँ | त्यतिखेर त झन् अचम्म भो बा! आफु परियो मध्यम स्तरको मान्छे संगै बस्ने मित्र परेछन सारै जान्ने त्यसैले सधै १ घन्टासम्ममा लगभग ३० ३२ नम्बरको प्रश्न हल गर्थे होला र १ घण्टा हुने बितिक्कै उनको टाप दिने कार्यक्रम हुन्थ्यो | तर पनि उनको नम्बर आयो ६०%मा अनि मेरो आयो फाइल डीभिजनमा | आस्चर्य र अचम्ममा एकै पटक परियो तै पनि आफुले गर्न सक्ने केहि होइन त्यै भएर अब पुन हुने Supplementary Exam मा पास हुने गरि पढियो | उही त हो पारा Supplementary Exam दिने बिध्यार्थी कस्ता हुन्छन र प्राय मै जस्ता नजान्ने त हुन् नि अनि दिइयो परिक्षा! यो पाली पास भैएछ खुसि भैयो | अनि संगै पर्ने मित्रले पनि हेर्दै बाँडीचुंडी परिक्षा दिएको भएर उनलाई सोधेको त उनको ७० नम्बर आयो रे मेरो चाही ३५ | सोधे कसरि यस्तो भयो त ? के बताउँथे बताएनन | तर पनि पछाडी बुझ्दै जादा सबै कुरा थाहा पाइयो |
Showing posts with label Exam. Show all posts
Showing posts with label Exam. Show all posts
Tuesday, April 6, 2010
Saturday, April 3, 2010
परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --1 (S.L.C.)
"के कुनै विद्यार्थीको बर्षभरिको पढाई मुल्याङ्कन गर्न तीन घण्टा समय पर्याप्त होला र ??" अनी "काठमाडौं Valleyभित्र चित चोर्ने र चोराउने कार्य हुँदैन त ??"
फलामे ढोका मानीने प्रबेशीका परीक्षा (S.L.C) आजबाट सकियो | यसपालिको S.L.C. परिक्षामा चिट चोर्दै गरेका बिद्यार्थी अनि चिट चोराउदै गरेका शिक्षक शिक्षिका अनि गार्डदेखि परीक्षा नियन्त्रकहरुको समेत फोटो विभिन्न छापाहरुले प्रकाशन गरेका थिए | जहाँसम्म मैले बुझेको र मेरा शिक्षक शिक्षिकाहरुले हामीलाई बुझाएसम्मको कुरा हो चिट चोर्नु र चोराउनु शिक्षक र बिद्यार्थीको नैतिकता र परीक्षाको मर्यादाबाहिरको कुरा हो | बास्तवमा नेपालको शिक्षा विश्वकै नमुना शिक्षा होला तर बिद्यार्थीको बर्षौको मिहिनेत अनि परिश्रम तिन घन्टाको परीक्षाले नाप्ने हाम्रो शैक्षिक प्रणाली गलत छ भन्छु म | तिन घन्टाको परीक्षा अनि सरकारी काममा अन्तरवार्ता लगभग उस्तै हो हुनेखाने अनि धनि र समाजका सभ्य व्यक्ति भनाउदाहरुलाई दुवै प्रक्रिया पुर्याउने बाटो | कुरा केहि बर्षअघिको हो जब म पनि S.L.C. दिने बिद्यार्थी थिए, मेरो छेउमा परेका गन्यमान्य व्यक्तिका छोरालाई सायदै १०० नम्बरको हल गर्ने जाँगर र आँट आयोहोला र त मेरो कापी हेर्दै उत्तर लेख्दै थिए आठवटै बिषयहरुमा | मैले कापी देखाइदिएकै कारणले हाम्रो मित्रता भएको थियो त्यसैबेला | अनि S.L.C.को रिजल्ट आएपछि उनलाई सोध्दा त उनको ८०.०१% आएर distinction आयो रे तर मेरो चाहिं आएको थियो द्वितीय श्रेणी त्यो पनि ५९.०८% आएर |


