आजदेखि हामीले नयाँ स्तम्भ सडक संघर्ष सुरु गरेका छौं | जस अन्तर्गत हामीले सडकमा संघर्ष गरेर जीवन गुजारा गर्ने व्यक्तिहरुको संघर्ष कथा वा सडक संघर्षसंग सम्बन्धित कथा कविता वा जुनसुकै लेख वा तस्बिरहरु राख्नेछौं | तपाई पनि हामीलाई यस्ता सामाग्रीहरु पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो nepalikonepaliaawaz@gmail.com | हामीलाई प्राप्त पहिलो कथा कुनैपनि सम्पादन बिना तल राखिएको छ |
गौशाला..... चाबहिल...... एअरपोर्ट........ सातदोबाटो........ कुसुन्ती....... कलंकी.........
धेरैलाई चिरपरिचित लाग्ने यो Dialogue उनलाई भने कन्ठै थियो र सधै भट्ट्याइरहन्थे अझ भनौं उनको दिनचर्या बनेको थियो यो Dialogue भट्ट्याउने काम | आधा भन्दा बढी सेतो फुलेको र आधा भन्दा कम कालो कपाल मिस्रित टाउको, अनुहारमा केहि मात्रै फुल्न बाकी काला दारी, स्वरमा २५ बर्से ठिटोको झैँ दम, सामान्य जिउडाल, पेन्ट माथि हल्का मैलो गन्जी, उमेरले ६० कटेका बृद्ध, उनको परिचय यतिमै सिमित हुदैन उनको परिचय अन्त्यमा आएर खलासीमा टुंगिन्छ | हजुर उमेरले ६० कटेपनि किन यो(खलासी) पेशा त ?? भन्ने प्रश्नमा उनि फिस्स हाँस्छन अनि उल्टो प्रतिप्रश्न गर्छन "किन र बुढो मान्छेले खलासी बन्नु हुदैन र ??" हुन त अधिकांस खलासीको इच्छा वा चाहना हुन्छ कि भबिस्यमा Driver बन्ने तर उनको त्यो संग केहि पनि लेनादेना छैनha "भन्छन अब यो बुढो उमेरमा मर्ने बेलामा मा के Driver बन्छु र ??" फेरी अनि किन त यस्तो काम?? भनेपछि सुरु भयो उनको रामकहानी | गाउँको गरिब परिवारमा जन्मेहुर्केका उनले अनपढ हुनाले अन्य जागिर नपाएको भन्दै परिवार र आफ्नो पापी पेट पाल्न यो काम गर्नुपरेको बताउदै भने के गर्नु हजुर पापी पेटले धनि गरिब छुट्याउँदो रहेनछ | आफ्नो ज्यान आफैलाई भरि पर्न थालिसकेको र घरमा काम गर्ने कोहि नहुदा बाध्य भएको कुरा पनि उनले छुटाएनं | यसै बिचमा Drivarको आदेश जारी भयो ओइ चुरोट एउटा किन त | driver आफै चै अधबैंसे २५/३० बर्षे जवान थियो | उनलाई यस्तो तँ तँ को शब्द पचिसकेको थियो |
Showing posts with label सडक संघर्ष. Show all posts
Showing posts with label सडक संघर्ष. Show all posts


