आज एकै दिनका दुइ प्रमुख दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरुको हेड लाइन हुन् यी | पहिलो राष्ट्र निर्माणमा युनिटी लाईफ शिर्षकको बिज्ञापन भनौं वा समाचार भनौं गोरखापत्रमा प्रकाशित भएको थियो भने दोस्रो न सुविधा, न पैसा फिर्ता शिर्षकको समाचार भने नागरिक दैनिकमा प्रकाशित भएको हो | तपाइले पहिलो समाचार यहाँ हेर्न सक्नुहुन्छ भने दोस्रो समाचार जस्ताको तस्तै तल हेर्नुस :
रोशन साँवा, इलाम, वैशाख १९- एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजिवन निशुल्क स्वस्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैंया लिएर 'स्वस्थ्य सदस्य' बनाएको छ। यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र बिमा सुविधा पनि हुँदैन।
गत असोजमा इलाम सदरमुकाममा सञ्चालित १५ शैयाको युनिटी लाइफ अस्पतालमा मापदण्डअनुसार जनशक्ति तथा प्रभावकारी सेवा नभएको पाइएको छ। सो अस्पतालले मापदण्डअनुसार आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी राखेको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा. तारानाथ पोखरेलले १५ शैयाको अस्पतालमा कम्तिमा तीन जना एमबीबीएस गरेका चिकित्सक, छ जना नर्स, दुई जना हेल्थ असिस्टेण्ट, दुई जना अहेव हुनुपर्छ। तर युनिटी लाइफ अस्पतालमा एमबीबीएस चिकित्सक एक, दुई जना नर्स, एक जना हेल्थ असिस्टेण्ट र दुई जना अहेव छन्।
एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजीवन निःशुल्क स्वास्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैयाँ लिएर 'स्वास्थ्य सदस्य' बनाएको छ। तर, यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र विमा सुविधा पनि हुँदैन।
कम्पनीले इलाम सदरमुकाममा सञ्चालन गरेको युनिटी लाइफ अस्पतालका प्रशासकीय अधिकृत पुष्प खड्काले स्वास्थ्य सदस्यलाई बैंकिङ सदस्यलाई जस्तो बचत र विमाको सुविधा नहुने बताए। 'स्वास्थ्य सदस्य हुने परिवारका सदस्यले पनि अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्योपचार सेवा पाउँछन्,' उनले भने। 'अस्पताल जाने कहिलेकाहीं त हो, औषधीको पैसा तिर्नैपर्छ, एकमुष्ठ पैसा तिरेर सोझै ठगिएका रहेछौं नि,' एक स्वास्थ्य सदस्यले भने।
युनिटीका स्वास्थ्य सदस्य बरबोटेका बालकुमार श्रेष्ठले अस्पतालले दिने स्वास्थ्य सुविधा पनि चित्त नबुझेको बताए। 'दुई महिनाअघि अचानक विरामी भएर अस्पताल पुग्दा सदस्यताको कार्ड मसँग थिएन, सदस्य हुँ भन्दा पनि छुट दिएनन्। महँगो पनि लाग्यो,' उनले भने। उनले त्यसपछि युनिटी अस्पतालमा जानै छाडेको बताए। युनिटीको इलाम शाखाले स्वास्थ्य सदस्यको संख्या केन्द्रबाट मात्र उपलव्ध हुन सक्ने जनाएको छ।
युनिटी लाइफ अस्पतालले दिने सेवासुविधाका बारेमा पनि प्रशस्तै गुनासो सुनिन थालेको छ। अस्पतालको प्रयोगशाला त अझ झन् भरपर्दो नभएको सेवाग्राहीले बताएका छन्। 'युनिटी लाइफ अस्पतालले रगत ए पोजेटिभ भनेर पठाएको मान्छेको यहाँ पुनः परीक्षण गर्दा एबी पोजेटिभ देखियो,' जिल्ला अस्पताल इलामका प्राविधिकले भने। युनिटीकै एक सदस्यले युनिटी अस्पतालमा र जिल्ला अस्पतालमा रगतको आरबीसी (रेड ब्लड सेल) गणना गर्दा अलगअलग नतिजा आएको बताए। 'युनिटीमा आरबीसी १९ हजार देखायो, लगत्तै जिल्ला अस्पतालमामा परीक्षण गर्दा ११ हजार देखियो जुन नर्मल रहेछ। १९ हजार हुँदा त थान्को नै लागिने रहेछ,' उनले बताए।
अरु अस्पतालमा उपचार गराएर आएको विरामीलाई युनिटी अस्पतालले नलिने गरेको पनि सेवाग्राहीले जनाएको छ तर युनिटी अस्पतालका प्रशासकीय अधिकृत खड्काले सबैलाई सेवा दिन अस्पताल खोलिएकोले त्यसरी नफर्काउने गरेको दाबी गरेका छन्।
युनिटी लाइफ अस्पतालले सदस्यलाई उपचार खर्चमा २५ प्रतिशत छुट दिने गरेको छ तर उसले छुट दिंदा पनि अन्य अस्पतालको भन्दा महँगो पर्छ। युनिटी अस्पतालले ओपीडी दर्तामा लाग्ने ५० रुपैंया दर्ता शुल्कमा सदस्यलाई पनि छुट दिंदैन। इमरेजेन्सीमा एक सय ५० रुपैयाँ, शैया शुल्क दुई सय रुपैयाँ लिन्छ र सदस्यलाई दुवैमा २५ प्रतिशत छुट छ र औषधीमा छुट छैन। नजिकै रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालले ओपीडीमा दर्ता शुल्क ५०, इमरजेन्सीमा एक सय र शैया शुल्क ५० देखि एक सय २५ रुपैयाँ लिन्छ। जिल्ला अस्पताल त सरकारी हुनाले सरकारले दर्तालगायत धेरैमा निःशुल्क र छुट सुविधा दिएको छ।
Showing posts with label Free Thinking. Show all posts
Showing posts with label Free Thinking. Show all posts
Sunday, May 2, 2010
Monday, February 8, 2010
नयाँ संबिधान, शान्ति, सुरक्षा र अमन-चैन कहिले ? कुर्सि पहिले ?

यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ?
हिजो मात्रै एउटा फिल्मी पाराको रहस्यमय घटना घट्यो त्यो पनि काठमाडौंको अति नै कडा सुरक्षा ब्यबस्था भएको मानिने क्षेत्रमा 'स्पेसटाइम नेटवर्क'का प्रमुख संस्थापक जमीम शाहलाई गोलि प्रहार गरि हत्या गरेर प्रहरीकै अगाडीबाट हत्यारा फरार भएर जसरि हिन्दी फिल्म 'धूम'मा John Abrahamले अभिषेक बच्चनलाई चुनौती दिएका थिए त्यसरी नै अपराधीले प्रहरीलाई चुनौती दिएका छन् | यस्तो अबस्थामा पनि हत्यारालाई समाउन नसक्ने प्रहरीहरु कस्ता होलान अनि यत्रो घटना घट्दा एउटा बिज्ञप्ति समेत निकाल्न नसक्ने सरकारले नयाँ संबिधान के बनाउला ? देशमा दिन प्रतिदिन सुरक्षास्तिथि खस्किदो छ भने दिनदहाडै चोरी, हत्या, हिंसा, लूटपाट यति बढेको छ कि बिहान निस्केको मानिस बेलुका घर फर्केला कि नफर्केला भन्ने थाहा नै हुदैन | यस्तो अबस्थामा पनि सरकार अनि सुरक्षा जिम्मेवारी पाएका प्रहरी र सेना भनौदाहरु मौन छन् |
गृहमन्त्रीज्यूको कडा सुरक्षाको भाषण पनि भाषणमै सिमित रह्यो | तिनै जना सुरक्षा प्रमुखसहित चीन-भ्रमणमा रहनुभएका गृहमन्त्रीज्यूलाई पनि आफ्नो भन्दा पनि छिमेकी राष्ट्रहरुको सुरक्षाको चिन्ता छ किनकि सरकारको साँचो भारत र चीनसंग न छ |
Saturday, November 21, 2009
नेताहरुको बोलि र नेपालमा हिटलर, माओ, अब्राहमको समिश्रणको सिंहको आवस्यकता
त्यसैले पनि नेपालमा एउटा सिंह(जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचार भएको व्यक्ति)को खाँचो छ |
आन्दोलनमा रेखा थापासंग डिस्को डान्स गरेर देखा सर्वोच्चता स्थापित गर्ने नेताका रुपमा क.प्रचण्ड निकै चर्चामा आए | यद्यपी उनको डान्सिंग आन्दोलनको कति आलोचना भयो भने कतिले आन्दोलनको मर्म बुझेर/नबुझेर सहयोग गरे | जसबाट माओबादी आन्दोलन अझै अघि बढ्छ र संसद खुल्दैन अनि बजेट पास हुदैन भनेर सोच्नेहरुलाई छक्क पर्दै अन्तत: एनेकपा माओवादीले बजेट पारित गर्नका लागि तीन दिन सदन अवरुद्ध नगर्ने निर्णय गरेको छ। यद्यपी शनिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कमिटीको बैठकले अनिश्चितकालीन आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलन घोषणा गरे पनि बजेट पारित गर्न भने बाटो खोल्ने निर्णय गरेको हो।माओवादीले मंसिर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्ना र पुष ७ पछि अनिश्चितकालीन राजनीतिक आमहड्ताल गर्ने निर्णय गरेको छ।
स्मरण रहोस अस्तिमात्रै प्रचण्ड सिंगापुर पुगेर बिरामी गिरिजा बाबुलाई भेटेर आएपछि अब सहमति हुन्छ गिरिजा बाबु पनि परिवर्तन र सहमतिको पक्षमा नै देखिनु भएको छ भनेर खुसि हुदै पत्रकारहरुलाई भनेका थिए |
अत: माओबादीको यो दुइ होइन तिन जिब्रे बोलीबाट जनताले के निस्कर्ष निकाल्न सक्छन भने सय वटा मुसाहरुबाट शासित हुनु भन्दा एउटा सिंहबाट शासित हुनु राम्रो हुन्छ | त्यसैले यो देशमा एउटा यस्तो व्यक्तिको खाँचो छ जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचारको समिश्रण भएको होस् | यस्तो भएमा एकदिन अबस्य नेपालमा पनि बिकाश हुन्छ र बिदेशीप्रतिको नेपाली परनिर्भरता पनि हट्छ र नेपाल बन्द, चक्काजाम र हड्ताल पनि कम हुन्थ्यो कि | त्यसैले पनि नेपालमा एउटा सिंह(जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचार भएको व्यक्ति)को खाँचो छ |


