Showing posts with label Football. Show all posts
Showing posts with label Football. Show all posts

Sunday, November 1, 2009

अनिलको भारतीय क्लबमा प्रवेशले उब्जाएको प्रश्न ?


नेपाली राष्ट्रिय टोलीका मेहनती स्ट्राइकर अनिल गुरुङ शुक्रबार भारतीय लिगको सिलोङ लाइओङसँग महँगो रकममा अनुबन्धित भएका छन्। तीन वर्षका लागि अनिल ६३ लाख ६० हजार रुपैयाँमा अनुबन्धित भएका हुन्।

एनआरटीका फरवार्र्ड अनिल लन्डनमा त्यहाँको पाँचौं डिभिजन क्लब वकिङमा तीन महिना लामो राम्रो ट्रायल दिएपछि नेपाल आएका थिए। 'वर्क परमिट' नपाएका कारण नेपाल फर्कन बाध्य भएका अनिलले तत्कालै भारतीय लिगमा आकर्षक अवसर पाएका हुन। कुनै पनि नेपाली खेलाडीले पारिश्रमिकबापत पाउन लागेको यो सबैभन्दा ठूलो रकम हो।

पछिल्लो तीन वर्षदेखि नेपालमा घरेलु फुटबल नभएको अवस्थामा अनिलले पाएको यो अवसर अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ, घरमा फुटबल नभएर निरास बनेका अन्य नेपाली फुटबलरका लागि पनि अनिलको सफलता प्रेरणाको स्रोत बनेको त छ तर यसले गर्दा अन्य खेलाडीका साथै नेपाली फूटबलप्रेमी दर्शकहरुका मनमा अब नेपाली फूटबलको बिकाश हुन्छ भन्नेमा बिश्वास हराइसकेको छ ।

नेपालमा सधै १० नम्बर जर्सीमा देखिदै आएका अनिलले सिलोङमा २० नम्बर जर्सीसमेत पाइसकेका छन। पोखराको सहारा क्लबको उत्पादन अनिल नेपाली फूटबलको इतिहासमा राम्रा खेलाडी थिए | तर बिडम्बना अनिललाइ नेपालले राख्न सकेन र अनिल पुगे भारत, जसले गर्दा अन्य खेलाडीका साथै नेपाली फूटबलप्रेमी दर्शकहरुका मनमा अब नेपाली फूटबलको बिकाश हुन्छ भन्नेमा बिश्वास हराइसकेको छ |
यसरि धमाधम राम्रा खेलाडीहरु बिदेशिन थाले भने नेपालले खेलकुदको क्षेत्रमा ठुलो घाटा बेहोर्नु नपर्ला भन्न सकिन्न |

अनिलको भारतीय क्लबमा प्रवेशले नेपाली खेलकुदको इतिहासमै नौलो रेकर्ड त राखेको छ तर यसका साथै प्रश्न पनि उब्जाएको छ कि नेपालमा खेलकुदको बिकाश यसरि राष्ट्रिय खेलाडीहरुलाई विदेश पठाएर हुन्छ र ? के नेपालका कुनै फूटबलरले अनिलको स्थान लिन सक्लान त ?

Linking Networks