Showing posts with label Rishi Dhamala. Show all posts
Showing posts with label Rishi Dhamala. Show all posts

Sunday, September 20, 2009

के हो भिम कामरेड यही हो सुरक्षा

कामरेडहरुको यो निर्णयले धमला र अरु दुइ ब्यक्ती जो छुटेहरुलाई र कामरेडहरुजस्ता नेताहरुलाई त फाइदा नै भयो होला तर सुरक्षा खोजिरहेका हामी जस्ता जनताको मनमा भने फेरी त्रासले जन्म लिएको छ ।

पत्रकारको ट्याग बोकेकै भरमा हातहतियार संबन्धी मुद्दा खारेज हुने हो ? हाम्रो गृहमन्त्रीज्युको कडा सुरक्षा यही त होला हुन त माओबादी सरकारको पालामा पनि गृहमन्त्री बामदेवज्युले पनि सराका सारा क्यासिनो बन्द गराएका हुन फेरी भिम कामरेडले पनि सुरक्षा बलियो पार्न रणविर सेनामा आवद्ध रहेको अभियोग सहित हातहतियार तथा खरखजाना मुद्धा खेपिरहेका रिर्पोर्टस क्लवका अध्यक्ष रहेका ऋषि धमलालाइ चोख्याउन खोजेका हुन कि कसो कामरेड ? नत्र त त्यत्रो छिरिजा(गिरिजा) पुत्री कुजाता(सुजाता)देखी हजुर जस्तो पावोरफुल ब्यक्तिसम्म राजनीतिक संबन्ध भएको ब्यक्तिलाई प्रहरिले त्यसै त पक्कै समातेन होला । पक्कै पनि धमलाले कुछ गड्बड त गरेका नै थिए होला । कि धमलासंगै अन्य नेताहरु पनि थिए र पोल खुल्ला भन्ने डर लाग्यो । अनि संगै पक्राउ परेका पत्रकार ट्याग हुनेलाई चही चोख्याएर ति एकजना पत्रकारको ट्याग नहुनेलाई चही करागरमै राख्नु तीनि पनि एउ टै मुद्दामा जैल चलन भएका होईनन र ?


कामरेडहरुको यो निर्णयले धमला र अरु दुइ ब्यक्ती जो छुटेहरुलाई र कामरेडहरुजस्ता नेताहरुलाई त फाइदा नै भयो होला तर सुरक्षा खोजिरहेका हामी जस्ता जनताको मनमा भने फेरी त्रासले जन्म लिएको छ । र सच्छ पत्रकारहरुको मनमा नराम्रो परेको छ भने उनिहरुको पत्रकारितालाई बिस्वास गर्ने मानिशाहअरुको पनि उनिहरुलाई हेर्ने दृस्टिकोण मा परिवर्तन आएको छ ।

Linking Networks