केही समय अघी मात्रै भूमिगत नेपाल डिफेन्स आर्मिका अध्यक्ष रामप्रसाद(आर.पि.) मैनाली पक्राउ परेको खबर आएको एक दिन नबित्दै मोरङ प्रहरीले भूमिगत सशस्त्र संगठन रणवीर सेनाका सुप्रिमो बिनोद पाण्डेलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले आइतवार साँझ बिराटनगरबाट पाण्डेलाई पक्राउ गरेको जानकारी प्राप्त भए पनि पाण्डेलाई सर्वजनिक भने गरिएको छैन । प्रहरी स्रोतका अनुसार पाण्डेलाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ।प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका पाण्डे विगत केही वर्षदेखि रणवीर सेनाका नाममा अपराधिक गतिविधिमा संग्लन छन्। रणवीर सेनाले पूर्वी तराईको झापा मोरङ सुनसरी र काठमाडौंमा आपराधिक गतिबीधि सँगै चन्दा असुली फिरौती र विष्फोटनका घटना गर्दै आएका थिए।
यसै बिच केही महिना अघी मात्रै रणवीर सेनासँग मिलेर बिभिन्न आपराधिक गतिबीधि सँगै चन्दा असुली फिरौती र विष्फोटनका घटनामा संलग्न भनी मुद्दा खेपेर केही अघी मात्रै जेलबाट छुटेका ऋषि धमलालाई नेपालको पत्रकारिताको क्षेत्र विशिष्ट योगदान पुर्याएबापत उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलेनागरिक तथा सामाजिक सरोकार मञ्चको आयोजनामा आज दोसल्ला ओढाइ विशेष अभिनन्दन गरेका छन्। नेपाली पत्रकारिता क्षेत्रका भिन्न विधामा आफूलाई समर्पित गरी न्यायपूर्ण र सत्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गरी रिपोटर्स क्लबमार्फत् राष्ट्रिय सहमति निर्माणमा धमलाको महत्वपूर्ण भूमिका रहेको अभिनन्दन पत्रमा उल्लेख छ। स्मरण रहोस् धमलासँगै जेल परेका अन्य दुई पत्रकारहरु(धमलाका साथीहरु )भने जेलमै छन । त्यै भएर होला नेपालको कानुन दैबले जानुन भनेको ।
जय होस् नेपालको कानुनको (संबिधान भन्न मन लागे पनि नेपालमा संबिधान नै छैन त्यो अन्तरिम संबिधान त काम चलाऊ मात्रै हो )।
Showing posts with label Underworld. Show all posts
Showing posts with label Underworld. Show all posts


