हुन त जनताले अहिलेसम्म कुनै शासन आए पनि केहि पाएका छैनन् दुख बाहेक | न राणाशासण कालमा शान्ति र चैनको सास फेर्न पाए न पंचायत कालमा न बहुदल आएपछि न लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात नै राहत महसुस गर्न पाएका छन् | झन् लोकतान्त्रिक गणतन्त्रको बहालीपछि त यहाँ १ राजाको ठाउंमा कयौं राजाहरु आए | जसले गर्दा मुलुकमा भएका केहि नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु हेरौं |
उपलब्धी नं. १ :- भ्रस्टाचार तथा घुसखोरिमा अतुलनिय योगदान तथा अबिश्वासनिय सफलता ।
उपलब्धी नं. २ :- सत्ता प्रप्तिको लागि भारतीय नेता तथा उच्च पदस्थ पधादिकारिहरुको गुलामी ।
उपलब्धी नं. ३ :- देशलाई अनिर्णयको बन्दी बनाउन हदैसम्मको लचकताको प्रदर्शन तथा सफलता ।
उपलब्धी नं. ४ :- देशलाई गरीब बनाएर आफु धनी हुने खेलमा राम्रो रणनितीको प्रदर्शन ।
Showing posts with label Minister. Show all posts
Showing posts with label Minister. Show all posts
Tuesday, June 29, 2010
Monday, May 3, 2010
पक्ष र प्रतिपक्षका कमरेडहरुलाई चिट्ठी
कमरेड प्रचण्डलाई खुला चिट्ठी
लालसलाम,अनि न्यानो अभिवादन
कमरेड
कमरेडको गाथमा त आरामै होला नत्र त आन्दोलन गर्नुको सट्टा कुन देश पुग्नुहुन्थ्यो होला उपचारार्थ तर हामी जनता र बिद्यार्थीहरु शारीरिक र मानसिक रुप दुबैले अस्वस्थ भएका छौ हजुरको आन्दोलनले ! दुइ छाक खान पनि दिनभरी परिश्रम गर्नुपर्ने हाम्रो त गांसै तपाइले बन्द गरिदिहाल्नुभयो | हुन त नेपाल पर्यटन बर्ष २०११ सफल पर्न प्रमुख लगायत अन्य केहि दलका प्रमुख नेताहरुले बन्द हड्ताल र आन्दोलन नगर्ने भनि प्रतिबद्दता जनाएको थाहा पाएर अब देशमा केहि होला भन्ने सोचेका म र मजस्ता बिद्यार्थी र जनता तपाइको कदमले फेरी जिल्लिएका छौ | कमरेड हजुरको आन्दोलनले हाम्रो त परिक्षा पनि स्थगित भयो रे दिनरात गरेको परिश्रम पनि खेर गयो | कमरेड तपाइको नागरिक सर्वोच्चता अनि संबिधान निर्माणको नारा कहिले सम्म टिक्ला र त्यै जेठ १४ गते सम्म त हो नि त्यसपछि त जनताले तपाई जस्ता नेताहरुलाई के विश्वास गर्ने | कमरेड तपाइलाई मेरा हजुरबा-हजुरआमा, बा-आमा, दाजु-दिदिहरुले भोट दिएर जितेको आन्दोलन गर्न होइन त्यो त देशमा दिगो शान्तिका निमित्त नयाँ संबिधान बनाउनका निमित्त हो | त्यसैले कमरेड अब आन्दोलन छोडेर सहमतितर्फ लाग्नुस् हो कमरेड ठुलो दलका हिसाबले तपाइको पार्टीकै नेतृत्वमा सरकार बन्नुपर्छ र अन्य दलहरु पनि सहमतिको निम्ति लचिलो बन्नुपर्छ | यसर्थमा माधव नेपालले पनि त तपाइको बाहेक अरुको नेतृत्वको सरकार बनाउने भएमा आफु छोड्न तयार छु भनेका छन् नि त्यै भएर तपाईकै पार्टीका डा. बाबुराम लाई प्रधानमन्त्रि बनाउने प्रस्ताव राख्नुहोस न त अनि सहमति गर्नुहोस |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी

बिन्ति छ कमरेड जनतालाई नमार्नुस जनयुद्धको नाममा १५००० नेपाली जनता मरे अब फेरी जनताको रगतको खोला नबगाउनुस | कमरेड कुर्सीका निमित्त किन जनताको रगत बगाउनु हुन्छ ? के तपाई सत्तामा गए मात्रै संबिधान बन्ने र नागरिक सर्वोच्चता स्थापना हुने हो त ? गिरिजाबाबुको मृत्यु लगत्तै जुर्मुराएका राजा अनि चार दिन अघि नेपाल आएका पारसलाई जेठ १४ पछीको विकल्पका रुपमा देख्न नपरोस भन्ने जनचाहनालाई किन लत्याउनु हुन्छ ? यस्तै चाला तपाई नेताहरुको रहने हो भने तयार हुनुहोस जनताको सामना गर्न मात्र कुर्नुस जेठ १४ अनि तपाई लगायत अन्य दल र नेताहरुको हाल के हुन्छ ?अन्तमा, देशमा संबैधानिक रिक्तता नाराखिदिनुहोला भन्दै मेरो पत्र टुंग्याउछु |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी
Sunday, March 14, 2010
Think Positive, Be Positive
कति नराम्रो कुरा मात्रै गरिरहने अब कहिलेकहिँ त यसो Positive पनि हुनु पर्यो नि, कहिलेकहिँ त यसो आशाबादी पनि हुनुपर्यो नि हैन त्यसो त भन्ने गरिन्छ नि "गाजा चरेश खाए पनि हरेश नखानु"| त्यै हरेश नखाएर चरेश काण्डमा परेका फोरमानन्द जा (परमानन्द झा) पनि उपराष्ट्रखति बनेका होलान | हुन त "HIV र Aids बाहेक सबै कुरामा Positive हुनु" भन्छन | त्यै भएर आज Positive कुरा गर्न मन लाग्यो | देशमा घटेका केहि Negative कुरालाई Positively हेरौं |
कुरा सुरु गरौँ भर्खरै भएको २५ दलकै नेताहरुलाई गाडी दिने सरकारी निर्णयबाट |
यो पनि सरकारको राम्रै निर्णय मान्नु पर्छ | तपाईहरु सोच्दै हुनुहुन्छ होला देशमा यस्तो हत्या हिंसा बढेको छ त्यो गाडी बाँड्ने खर्च शान्ति सुरक्षामा खर्च गरे हुन्न | अरे यार शान्तिसुरक्षामा त्यो रकम खर्च गर्दा त धेरै तर्फ घाटा हुन सक्छ | पहिलो घाटा ज्यानको बाजी लागेर हत्या, अपहरण र चन्दा असुल गर्नेहरुलाई हुन्छ, बिचारहरुको Business निकै चौपट हुन्छ | अर्को घाटा जनसंख्या वृद्धिले राष्ट्र र सरकारलाई अनि प्रकृति यानी Natureलाई | फेरी सरकारको निर्णयबाट फाइदा पनि त जनताकै नेतालाई भएको हो नि त्यसलाई पनि नकार्न मिल्दैन |

Tuesday, December 29, 2009
कता हुनुहुन्छ उर्जामंत्री प्रकाशशरण महतज्यू
हैन यी सम्माननीय उर्जामंत्रीज्युलाई के भो हो ?? अचेल त भाषणमा लोडशेडिंगलाई हिउदमा पनि १२ घण्टा भन्दा बढ्न दिदैनौ भन्दै घोषणा गर्दैनन् त ? हुन त भाषण पनि कति गरुन बिचरा मन्त्रीज्यू जत्ति भाषण गरे पनि लोडशेडिंग बढ्या छ बढ्या छ | अब त बिचरा मन्त्रीज्यूलाई पनि टेन्सन हुन थालिसक्यो होला अब लोडशेडिंग दिनमा नै १२ घण्टा हुन लागिसक्यो | कि मन्त्रीज्यूले आधा दिनमा १२ घण्टामात्र लोडशेडिंग हुने भन्नुभाको पो हो कि |Friday, December 25, 2009
ओरालो झर्दै माधव नेपालको लोकप्रियता
हुन त इतिहाँस नै हेर्ने हो भने पनि नेपालमा कम्युनिस्ट शासन ९ महिनाभन्दा बढी टिकेको रेकर्ड नै छैन | माधव नेपाल नेतृत्वको सरकारको आयु पनि ९ महिना पुग्न लागिसकेको छ | सायद यो सरकारको पनि आयु टुङ्गिन लागेको पो हो कि | अब पर्खने र हेर्ने सिबाय अन्य कुनै उपाय छैन हामीसंग त्यसैले "पर्ख र हेर !"
प्रधानमन्त्री भएको केहि समयमै प्रसुती वेदनाले कालको मुखमा पुग्न लागेकी रुकुम मुसिकोट रातामाटाकी २० वर्षिया कमला चन्दलाई हेलिकप्टरमा हालेर उद्धार गरेर ज्यान जोगाइदिएर चर्चामा आएका माधव कुमार नेपालले अब केहि गर्छन क्यारे भन्ने आशा जनतामा पलायो | जनताको सोचाईमा जस्तै माधव कुमार नेपालले दुइ चार दिन के के न गरौला जस्तो गरि जनआन्दोलका घाइते काभ्रेका मुकेश कायस्थ र काठमाडौं सतुंगलका विष्णुलाल महर्जनलाई भेट्न प्रधानमन्त्री नेपाल उनकै निवासमा पुगेर घाइतेका परिवारसंग भलाकुसारी गरेर सरकारले दिंदै आएको चार हजार मासिक भक्ता बढाएर १० हजार पुर्याउने प्रतिबद्धताका साथ दुबैको उपचार प्रकृयालाई अगाडि बढाउने वचन समेत दिने लगायत टुरिस्ट बसमा काठमान्डौको सयर गरि त्यहाको जनजीवन र स्थिति बुझ्ने जस्ता कार्य गरेर अझ चर्चा र जनताको वाहवाही बटुल्न लागे |Wednesday, November 18, 2009
उर्जामन्त्रीज्यूको १२ घन्टे प्रतिबद्दता र लोडसेडिंगको समय
नेपाल बिद्युत प्राधिकरणले मंसिर ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ यद्यपि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ। उनले सरकारले लोडसेडिङलाई १० घन्टाभित्रै सिमित गर्ने तयारी भइरहेको बताउन पनि छोडेका छैनन्।
उर्जामन्त्री प्रकाशशरण महत जहाँ बोल्नु परे पनि लोडसेडिंगको समय हिउँदमा पनि १२ घन्टाभन्दा नाबदने भाषण गर्न छुटाउदैनन तर उनकै मातहतको नेपाल बिद्युत प्राधिकरणले भने ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ तर अझै पनि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ | भाषण नै गरेर मात्र देशको बिकाश हुने र जनताको जीवनस्तर माथि उठ्ने हो भने नेपालको जनताको जीवनस्तर धेरै नै माथि हुन्थ्यो अनि नेपाल अमेरिका र यूरोपियन देशहरुभन्दा कहाँ कम हुन्थ्यो र | तर भाषणले मात्रै देश बन्दैन भन्ने कुरा सबैले नेता तथा सांसद अनि मन्त्रीहरुले बुझ्नु जरुरि छ |
नेपाल बिद्युत प्राधिकरणले मंसिर ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ यद्यपि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ। उनले सरकारले लोडसेडिङलाई १० घन्टाभित्रै सिमित गर्ने तयारी भइरहेको बताउन पनि छोडेका छैनन्। अब भाषण कम र काम बढी गर्ने प्रबृत्ति तर्फ लाग्ने हो कि कामरेढ़ !! अनि मात्रै देश बन्ला नत्र त उही हो कामरेढ़ !!
Tuesday, November 17, 2009
अब नेता तथा मन्त्रिहरुलाई भाषण गर्न पनि सिकाउने हो कि?
मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउने हो कि नत्र फेरी अरु कति मन्त्रीहरु यस्तै हंसिमजकका पत्र हुने हुन् सायद औंलामा गन्न नसकिएला किनकि ६०१ सभासद जो छन देशमा त्येसैले देशको इज्जत(नेताको भन्न त नेपालका कुनै पनि नेताको इज्जत छैन किनकि यिनीहरुले आफ्नो इज्जत भारतलाई बेचेर खाइसके ) बचाउन भने पनि हरेक मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउनै पर्छ |
नेपालमा शिक्षाको अवस्था त पहिले देखि नै केहि कमजोर छ भन्ने धेरैलाइ(नेपाली शिक्षाविद तथा नेपालका मित्ररास्ट्रहरु)लाई लागेको थियो तर अब आएर भने यो कुरालाई प्रमाणित गरिदीइन् कृषि राज्यमन्त्री करिमा बेगमले | हजुर कुनै तयारी र परामर्श बिना नै कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएर सो कुरालाई प्रमाणित गरेकी हुन् | हुन त उनि जो मन्त्रि थिइन् त्यसैले उनले कुनै पनि कर्मचारीसंग परामर्श लिनु कुनै जरुरि देखिनन् होला र त कुनै परामर्श बिना नै उनले तराईमा समेत कफी खेति गर्न निर्देशन दिइन् होला नि | भर्खरै मात्र पनि CDO सा'बलाई झाप्पड हानेर बिबादमा परेकी राज्यमन्त्रिज्युले अलिकति मात्रै पनि परामर्श लिएर भाषण गरेकी भए पनि कमसेकम मन्त्रिमण्डलको इज्जत बढ्थ्यो कि ?
त अन्तमा मन्त्रिमण्डललाई एउटा सुझाब मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउने हो कि नत्र फेरी अरु कति मन्त्रीहरु यस्तै हंसिमजकका पत्र हुने हुन् सायद औंलामा गन्न नसकिएला किनकि ६०१ सभासद जो छन देशमा त्येसैले देशको इज्जत(नेताको भन्न त नेपालका कुनै पनि नेताको इज्जत छैन किनकि यिनीहरुले आफ्नो इज्जत भारतलाई बेचेर खाइसके ) बचाउन भने पनि हरेक मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउनै पर्छ |