मिरिक कलेजका विद्यार्थीहरु लाइ भोली देखि दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी लगाउन निर्देशन दिइएको कलेजका यूनियन महासचिव मनोहर शर्माले जानकारी दिनुभयो। उहाँले निर्देशनको पालना नभए कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो। “जातिय पोशाक लगाउनु गर्वको विषय हो। महासचिव शर्माले भन्नुभयो “यसले हाम्रो स्वाभिमान र गरिमा फर्काउँछ।”
विद्यालयहरुले दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी वाहेकका पहिरन लगाएर आए विद्यार्थीहरुलाइ विद्यालयमा प्रवेश नै नदिने चेतावनी दिएका छन्। जातिय पोशाक लाए नलगाएको वारे निगरानी गर्न गोर्खा जनमुक्ति मोर्चाका सेना अर्थात जि .एल.पि परीचालन गर्ने शर्माको भनाइ छ।
नेपालमा राष्ट्रिय पोशाक लगाउने चलनमा दिन प्रतिदिन ह्रास आइरहेका वेला गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न थालेको यो अभियान निकै नै प्रभावकारी मानिएको छ। अहिले छुट्टै राज्यको माग गर्ने सबै गोर्खालीहरु दौरा सुरुवाल र चौबन्दी चोलीमा सजिने गरेका छन्।
Source:Dainikee.Com


