Showing posts with label Madhav Kumar Nepal. Show all posts
Showing posts with label Madhav Kumar Nepal. Show all posts

Tuesday, June 29, 2010

लोकतन्त्र : नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु

हुन त जनताले अहिलेसम्म कुनै शासन आए पनि केहि पाएका छैनन् दुख बाहेक | न राणाशासण कालमा शान्ति र चैनको सास फेर्न पाए न पंचायत कालमा न बहुदल आएपछि न लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात नै राहत महसुस गर्न पाएका छन् | झन् लोकतान्त्रिक गणतन्त्रको बहालीपछि त यहाँ १ राजाको  ठाउंमा कयौं राजाहरु आए | जसले गर्दा मुलुकमा भएका केहि नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु हेरौं |
उपलब्धी नं.   :- भ्रस्टाचार तथा घुसखोरिमा अतुलनिय योगदान तथा अबिश्वासनिय सफलता
उपलब्धी नं.   :- सत्ता प्रप्तिको लागि भारतीय नेता तथा उच्च पदस्थ पधादिकारिहरुको गुलामी
उपलब्धी नं.   :- देशलाई अनिर्णयको बन्दी बनाउन हदैसम्मको लचकताको प्रदर्शन तथा सफलता
उपलब्धी नं.   :- देशलाई गरीब बनाएर आफु धनी हुने खेलमा राम्रो रणनितीको प्रदर्शन

Friday, December 25, 2009

ओरालो झर्दै माधव नेपालको लोकप्रियता

हुन त इतिहाँस नै हेर्ने हो भने पनि नेपालमा कम्युनिस्ट शासन ९ महिनाभन्दा बढी टिकेको रेकर्ड नै छैन | माधव नेपाल नेतृत्वको सरकारको आयु पनि ९ महिना पुग्न लागिसकेको छ | सायद यो सरकारको पनि आयु टुङ्गिन लागेको पो हो कि | अब पर्खने र हेर्ने सिबाय अन्य कुनै उपाय छैन हामीसंग त्यसैले "पर्ख र हेर !"

प्रधानमन्त्री भएको केहि समयमै प्रसुती वेदनाले कालको मुखमा पुग्न लागेकी रुकुम मुसिकोट रातामाटाकी २० वर्षिया कमला चन्दलाई हेलिकप्टरमा हालेर उद्धार गरेर ज्यान जोगाइदिएर चर्चामा आएका माधव कुमार नेपालले अब केहि गर्छन क्यारे भन्ने आशा जनतामा पलायो | जनताको सोचाईमा जस्तै माधव कुमार नेपालले दुइ चार दिन के के न गरौला जस्तो गरि जनआन्दोलका घाइते काभ्रेका मुकेश कायस्थ र काठमाडौं सतुंगलका विष्णुलाल महर्जनलाई भेट्न प्रधानमन्त्री नेपाल उनकै निवासमा पुगेर घाइतेका परिवारसंग भलाकुसारी गरेर सरकारले दिंदै आएको चार हजार मासिक भक्ता बढाएर १० हजार पुर्याउने प्रतिबद्धताका साथ दुबैको उपचार प्रकृयालाई अगाडि बढाउने वचन समेत दिने लगायत टुरिस्ट बसमा काठमान्डौको सयर गरि त्यहाको जनजीवन र स्थिति बुझ्ने जस्ता कार्य गरेर अझ चर्चा र जनताको वाहवाही बटुल्न लागे |

Linking Networks