Saturday, February 27, 2010

Happy Holi


यहाँहरु सबैलाई रंगहरु को चाड होली (फागु पुर्णिमा) को शुभकाना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

Wednesday, February 24, 2010

लोला आन्दोलन

देशमा दिनहुँ नयाँ नयाँ आन्दोलन हुदैछन | कहिले माओबादीको ग्ल्यामरस आन्दोलन हुन्छ त कहिले राप्रपा नेपालको संबिधान बनाउन दबाब सिर्जना गर्न ब्यंगात्मक आन्दोलन हुन्छन | यहि र यस्तै आन्दोलनहरुको बिचमा बर्षेनी एउटा आन्दोलन हुन्छ जुन आन्दोलन १५-२०/२५ दिनसम्म चल्छ तर न त यो आन्दोलनले नेपाल बन्द गराउछ न त चक्काजाम नै गराउछ | सबै आन्दोलनले जस्तै यो आन्दोलनले पनि जनतालाई दुख चाही दिन्छ त्यो पनि बिशेष गरि किसोरिहरु यस आन्दोलनको मारमा पर्छन | अब तपाइले पनि बुझ्नुभयो होला यो कस्तो आन्दोलन हो हजुर पक्कै पनि शिर्षकले पनि बुझाउछ कि यो आन्दोलन लोला यानी बेलुन आन्दोलन |

जति जति होलि नजिकिदैछ किशोरीहरुमा त्राश र सडकमा लोला लिएर बसेका युवाहरुको ताँती पनि बढ्दै छ |आपसी समझदारीमा खेलिने पर्व होलिलाई यो लोला आन्दोलनले पक्कै पनि राम्रो गराउदैंन |

Monday, February 22, 2010

यसको मर्मत कसले गर्ने ??

देखिएको दृश्य लगनखेल-चापागाउँ रुटको ठेचो गा.बि.स.को सडक खण्डको हो जहाँको सडकमा कालोपत्रे उक्काएर खाल्डो(प्वाल) पार्दै खानेपानीको पाइपको मर्मत सम्भार तथा अन्य कार्यहरु गरिदैछ | अब यहाँ कालोपत्रे गर्न खानेपानी संस्थानले खर्च गर्ने कि सडक बिभागले अथवा त अर्को बर्षको बजेट नआउन्जेल जनताले यो सडकको यस्तै दुर्दशा देख्नु पर्ने हो ?

Monday, February 8, 2010

नयाँ संबिधान, शान्ति, सुरक्षा र अमन-चैन कहिले ? कुर्सि पहिले ?



यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ?

हिजो मात्रै एउटा फिल्मी पाराको रहस्यमय घटना घट्यो त्यो पनि काठमाडौंको अति नै कडा सुरक्षा ब्यबस्था भएको मानिने क्षेत्रमा 'स्पेसटाइम नेटवर्क'का प्रमुख संस्थापक जमीम शाहलाई गोलि प्रहार गरि हत्या गरेर प्रहरीकै अगाडीबाट हत्यारा फरार भएर जसरि हिन्दी फिल्म 'धूम'मा John Abrahamले अभिषेक बच्चनलाई चुनौती दिएका थिए त्यसरी नै अपराधीले प्रहरीलाई चुनौती दिएका छन् | यस्तो अबस्थामा पनि हत्यारालाई समाउन नसक्ने प्रहरीहरु कस्ता होलान अनि यत्रो घटना घट्दा एउटा बिज्ञप्ति समेत निकाल्न नसक्ने सरकारले नयाँ संबिधान के बनाउला ? देशमा दिन प्रतिदिन सुरक्षास्तिथि खस्किदो छ भने दिनदहाडै चोरी, हत्या, हिंसा, लूटपाट यति बढेको छ कि बिहान निस्केको मानिस बेलुका घर फर्केला कि नफर्केला भन्ने थाहा नै हुदैन | यस्तो अबस्थामा पनि सरकार अनि सुरक्षा जिम्मेवारी पाएका प्रहरी र सेना भनौदाहरु मौन छन् |

गृहमन्त्रीज्यूको कडा सुरक्षाको भाषण पनि भाषणमै सिमित रह्यो | तिनै जना सुरक्षा प्रमुखसहित चीन-भ्रमणमा रहनुभएका गृहमन्त्रीज्यूलाई पनि आफ्नो भन्दा पनि छिमेकी राष्ट्रहरुको सुरक्षाको चिन्ता छ किनकि सरकारको साँचो भारत र चीनसंग न छ |

Sunday, January 31, 2010

एमालेको भबिस्य एउटा फिल्ममा


ठिकै छ छानबिन नगरुन तर छानबिनकै प्रतिबेदनहरुको आधारमा बनेको फिल्मको दृश्य र संवाद नकाटीकन फिल्मको सेन्सर पास गरिदिए भैहाल्यो नि, यदि आफ्नो गल्ति नभए किन डराउनु पर्यो र ?
हत्यारा चिनेको छ भन्ने केपी ओली र माधव नेपाललाई सोध्न जानुस् भनिएको छ। र र सीआईएका एजेन्ट एमालेभित्रै रहेको भन्ने डाइलग पनि यसमा छ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनाको विषयमा बनेको फिल्म ‘दासढुंगा’को गफले अहिले बजार तातेको छ | कारण फिल्म बिबादमा पर्नु र सेन्सरले फिल्मका दृश्य र संवादमाथि प्रतिबन्द लगाउनु | नेपाली समाजको बिडम्बना भनेकै यहि नै हो यदि कसैले देशका लागि काम गर्छ भने उसले पिडा र मृत्यु शिवाय अरु केहि पनि पाउदैन | मदन भण्डारीले पनि देश र जनताको लागि केहि गर्नु पर्छ भने र गर्न खोजे उनि मारिए फेरी स्व.राजा बिरेन्द्रले पनि जनताका लागि केहि गर्न चाहेका कुरा त माओबादीको मुखबाट नै पनि सुन्न सकिन्छ साथै उनको हत्या हुनुको कारण पनि देश भक्ति र जन-प्रेम नै थियो भनेर सबै नेपाली जनता लगायत माओबादीहरु पनि भन्छन |


अब कुरा 'दाशढुंगा' फिल्मको ! यस फिल्ममा केहि त्यस्ता दृश्यहरु छन् रे जुन दृश्यहरुले एमाले नेता लगायत अरु नेताहरुको बारेमा केहि बोलिएको छ |(आफुले हेर्न पाएको छैन के छ भनेर समाचारमा लेखिएको कुराको भरमा कसरि भन्नु के के लेखिएको छ भनेर ?) जुन संवाद र दृश्य हटाएमा मात्रै फिल्म सेन्सर पास हुने भएको छ | तर निर्माता अपिल विष्ट भने आफूले फिल्ममा नयाँ कुरा नराखेको र पहिले नै सार्वजनिक भइसकेका तथ्यहरुलाई नै फिल्ममा राखेको तथा छानबिन आयोगका प्रतिवेदनहरुको आधारमा नै संवाद र दृश्य राखिएको दाबि गर्दै एक अ‍ंश पनि नकाट्ने बरु विद्यार्थीहरु माझ जस्ताको तस्तै प्रदर्शन गरिदिने अडान राख्छन रे |

Saturday, January 30, 2010

नाम मात्रको ११ घन्टे लोडशेडिंग

बरु साताको सातै दिन दिनको चौबिसै घण्टा लोडशेडिंग गरिदिए त Routine निकाल्नै पर्दैनथियो नि ! म मात्रै हैन अरु नेपालीहरु पनि यसै भन्छन कारण ११ घण्टा लोडशेडिंग भनेर बत्ति आउछ दिनमा जम्मा २ घण्टा देखि ५ घण्टा सम्म(त्यो राती आएको बत्ति सर्व-साधारणलाई के काम) त्यो पनि कहिले Power पुगेन भनेर १/२ घन्टासम्म बिद्युत दिदैन त कहिले कहाँ के बिग्रिएर मर्मतको लागि बन्द गरेको छ भनेर बिद्युत दिदैन |

तै पनि सरकार भन्छ लोडशेडिंग घटाउन भर-मग्दुर प्रयाश भएको छ | अनि प्राधिकरण भन्छ पानीको बहाव कम भएका कारण लोडशेडिंग थप गरिएको छ तर सम्भव भएमा जुनसुकै बेला बिद्युत आपूर्ति गरिनेछ | ए बाबा ! तिमीहरुले दिएको Routine अनुसार त दिनकै १/२ घण्टा बढी लोडशेडिंग हुन्छ अनि हावादारी गफ किन दिनु जनतालाई ??? अब त बत्ति आउने जाने ठेगानै छैन कहिले आउछ भनेर कुर्नु पर्ने बेला भएको छ बिद्युतलाई !

Saturday, January 23, 2010

B.B.C - कटुवाल बार्ता


आफ्नो कार्यकालमा राजनीतिक भाषण गरे भन्ने आरोप लागेका पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले शुक्रबार बीबीसी नेपालीलाई दिएको अन्तवार्ता-

आजकाल कुन कुरामा हराउनुभयो?
खै म त नेपालमै बसिरा'छु। म एउटा नागरिक भएर नै बसिरा'छु।

राजनीतिमा हामफाल्दै हुनुहुन्छ भन्ने पनि सुनियाथ्यो, हो?

बच्चा हुँदाखेरि दुई-चारवटा कान्ला त नाघेको हो। घोडाबाट पनि हामफालेको हो, तर खै राजनीतिमा हामफाल्ने त मैले सोचेको छैन।

सेनामा हुँदा त राजनीतिक नेताले जस्तै भाषण गरेर हिँड्यो भनेर खुबै चर्चा गरेका थे?
खै अब भन्ने मान्छेले त भने होलान् तर मैले भाषण गरेर हिँडेजस्तो त लाग्दैन। तर राजनीति त बुझ्नुपर्ने हुन्छ, जसले पनि।

तपाईंले राजनीति अलि बढी नै बुझेजस्तो छ। त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले त कुर्ची छोड्नुपर्‍यो?
त्यो मेरो कारणले छोड्नुपरेकोजस्तो त लाग्दैन।

नतिजाले त जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा प्रधानसेनापति रुक्मांगत कटवाल शक्तिशाली देखियो नि?
उहाँहरूले अब म नेपाल र नेपालीको मन्त्री-प्रधानमन्त्री भएँ भनेर देख्नुभएको भए यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भनेर देख्नुभएको भए यो अवस्था आउने थिएन कि?

जे भए पनि तत्कालीन सरकार प्रमुखको कतिपय आदेश त सेन प्रमुखले नमानेको त हैन र?
हैन सेना प्रमुखले वैधानिक सरकारको आदेश नमान्ने भन्ने त प्रश्नै उठ्दैन।

Linking Networks