Thursday, October 8, 2009

नाटक गर्दै दलहरु

लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका लागि दलहरुले आज पनि छलफल तथा बैठकहरुलाई निरन्तरता दिने भएका छन्। प्रधानमन्त्री माधव कुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनालले विहानै छलफल गरे।
पछिल्लो समसामयिक राजनीतिक गतिरोधको निकास खोज्ने क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा माओवादीले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा, कांग्रेस र एमालेले तयार पारेको साझा सहमतिको प्रस्तावका बीचबाट सहमति खोज्नुपर्नेमा दुई नेताहरु सहमत रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो समयमा भइरहेका राजनीतिक बिकासक्रमका विषयमा छलफल, सरकार परिवर्तनको विषयमा चलेको हल्ला र पार्टी भित्रको असन्तुष्टिका विषयमा पनि भेटवार्तामा छलफल भएको थियो । दुई नेताहरुबीच आज बस्ने गरी तयारी भइरहेको शीर्ष बैठकको एजेन्डाको विषयमा पनि छलफल भएको बताइएको छ ।

यसैबीच, राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको प्रयासमा जुटिरहेका प्रमुख तीन ठूला दलका शिर्षनेताहरुको बैठक आज बस्ने भएको छ । एमाले मुख्य सचेतक भिमप्रसाद आचार्यका अनुसार साझा संकल्प प्रस्तावमा सहमति जुटाउन आज शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।

उनले बैठकका लागि आन्तरिक तयारी भइरहे पनि अहिलेसम्म समय र स्थान भने निश्चित भइनसकेको जानकारी दिए।

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे साझा सहमति बन्न नसक्दा राजनीतिक गतिरोध लम्बिरहेको छ।

यसै सिलसिलामा आज प्रमुख ३ दलको बैठक बस्ने तयारी गरिएको छ।

साझा संकल्प प्रस्तावमा राष्टपपतिको कदमवारे उल्लेख गर्ने वा नगर्ने वारे प्रमुख प्रतिपक्षी दल एकीकृत ने.क.पा माओवादी र सत्ताधारी दलहरु कांग्रेस र एमालेबीच विवाद छ। यसले गर्दा सहमति कायम हुन सकेको छैन|
Source:: Dainikee

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks