यो देशको म कर्णधार पो तपढ्न भनि स्कुल जान्छु
म नभए अरु को हो त ?
गाँजा चुरोट सबै तान्छु
रिस उठ्यो भने मास्टर हान्छु
म त हरामी पो छु त!!
बर्षमा तिन दिन स्कुल जान्छु
बाकि बसेको दिन हल्लेर खान्छु
Englishमा मेरो Zero आउछ
I Love You सधैं कण्ठ पार्छु
म त हरामी पो छु त!!
कट्टीबाट पैन्ट खस्न लागेको छ
माथि तानेर ठिक्क पार्छु
स्कुल जाने केटीहरुलाई
सुसेलेर दिक्क पार्छु
म त हरामी पो छु त!!
पढेर कसले के पाउछ र ?
कानमा म त मुन्द्रा लाउछु
केटिको गन्ध थाहा भयो भने
जिस्क्यौनालाई जहाँपनि धाउछु
म त हरामी पो छु त!!
यो देशको म कर्णधार पो त
म नभए अरु को हो त ?
मन लागे पढ
नलागे हलो जोत
म त हरामी पो छु त!!
कपालमा म रातो हाल्छु
बनझाँक्री जस्तो कपाल पाल्छु
साना-तिनालाई त टिपेर फाल्छु
झिना मसिना काम आफै ढाल्छु
म त हरामी पो छु त!!
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।