Monday, June 14, 2010

गौशाला..... चाबहिल........

आजदेखि हामीले नयाँ स्तम्भ सडक संघर्ष सुरु गरेका छौं  | जस अन्तर्गत हामीले सडकमा संघर्ष गरेर जीवन गुजारा गर्ने व्यक्तिहरुको संघर्ष कथा वा सडक संघर्षसंग सम्बन्धित कथा कविता वा जुनसुकै लेख वा तस्बिरहरु राख्नेछौं | तपाई पनि हामीलाई यस्ता सामाग्रीहरु पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो nepalikonepaliaawaz@gmail.com | हामीलाई प्राप्त पहिलो कथा कुनैपनि सम्पादन बिना तल राखिएको छ |

 गौशाला..... चाबहिल...... एअरपोर्ट........ सातदोबाटो........ कुसुन्ती....... कलंकी.........
धेरैलाई चिरपरिचित लाग्ने यो Dialogue उनलाई भने कन्ठै थियो र सधै भट्ट्याइरहन्थे अझ भनौं उनको दिनचर्या बनेको थियो यो Dialogue भट्ट्याउने काम | आधा भन्दा बढी सेतो फुलेको र आधा भन्दा कम कालो कपाल मिस्रित टाउको, अनुहारमा केहि मात्रै फुल्न बाकी काला दारी, स्वरमा २५ बर्से ठिटोको झैँ दम, सामान्य जिउडाल, पेन्ट माथि हल्का मैलो गन्जी, उमेरले ६० कटेका बृद्ध, उनको परिचय यतिमै सिमित हुदैन उनको परिचय अन्त्यमा आएर खलासीमा टुंगिन्छ | हजुर उमेरले ६० कटेपनि किन यो(खलासी) पेशा त ?? भन्ने प्रश्नमा उनि फिस्स हाँस्छन अनि उल्टो प्रतिप्रश्न गर्छन  "किन र बुढो मान्छेले खलासी बन्नु हुदैन र ??" हुन त अधिकांस खलासीको इच्छा वा चाहना हुन्छ कि भबिस्यमा Driver बन्ने तर उनको त्यो संग केहि पनि लेनादेना छैनha "भन्छन अब यो बुढो उमेरमा मर्ने बेलामा मा के Driver बन्छु र ??" फेरी अनि किन त यस्तो काम?? भनेपछि सुरु भयो उनको रामकहानी | गाउँको गरिब परिवारमा जन्मेहुर्केका  उनले अनपढ हुनाले अन्य जागिर नपाएको भन्दै परिवार र आफ्नो पापी पेट पाल्न यो काम गर्नुपरेको बताउदै भने के गर्नु हजुर पापी पेटले धनि गरिब छुट्याउँदो रहेनछ | आफ्नो ज्यान आफैलाई भरि पर्न थालिसकेको र घरमा काम गर्ने कोहि नहुदा बाध्य भएको कुरा पनि उनले छुटाएनं | यसै बिचमा Drivarको आदेश जारी भयो ओइ चुरोट एउटा किन त | driver आफै चै अधबैंसे २५/३० बर्षे जवान थियो | उनलाई यस्तो तँ तँ को शब्द पचिसकेको थियो |



उनि सुनाउदै थिए कतिले त उनलाई नहेरी कहाँ जाने हो भै भनेर सोध्थे रे अनि उनलाई देकेपछी लाजले भुत्तुक्कै हुन्थे रे | अनि कतिले चाही हजुरबा पनि भने रे | उनले यस्तो काम गर्न थालेको ५ बर्ष भयो रे यसबीचमा उनले धेरै थरि मानिसहरुलाई चक्रपथमा ओहोरदोहोर गराइसकेका थिए | बढ्दो बुढ्यौलीसंगै अब काम गर्न नसक्ने हुदै जना थालेको बताउदै थिए उनि | उनलाई यात्रुको उनीप्रतिको अपमान वा मान केहीको चासो थिएन चासो थियो त केवल पेट पाल्ने कसरि? भन्ने मात्रै | मलाई अचम्मका साथै साहास अनि गर्व र आनन्द पनि लग्यो उनलाई देखेर तर आफु थलिएपछि कसले पल्ला भन्ने चिन्ता चाही उनको अनुहारमा प्रस्टै देखिन्थ्यो | घरमा को को छन् त भन्ने प्रश्नमा अलि भाबुक बन्दै छोराहरु दुइवटा २५ र १५ बर्षका छन् भन्ने उत्तर दिए उनले तर उनले ठुलो छोरो दुर्व्यसनी भएको र सानो छोरो पढ्दै गरेको बताए | अब ओर्लने समय आएकोले उनीसंग नचाहदै नचाहदै बिदाबारी भएर ओर्लिए तर फेरी पनि उनलाई भेट्न मनभरि चाहना लिएर आफ्नो काममा लागियो |


नभन्दै एकदिन जाडो मौसममा उनलाई भेटियो फेरी मेरो मनमा उनका बारेमा विभिन्न जिज्ञासा पलायो | तर सोधिहाल्न आंट  आएन तै पनि आंट गरेर केहीबेर पछी सोधे | यसपटकको भेटमा भने उनि अझ बढी खुलेर कुरा गरे उनलाई माओबादी युद्धताका बिस्थापित गराइएको रहेछ | त्यै बेला देखि काठमाडौँ नदेखेका उनि  काठमाडौँ आइपुगेका थिए र बसमा खलासी बनेका थिए | उनको कथा जति सुन्यो उति दर्दनाक र खल्लो अनि पिडा भरिएको भएकोले अब सोध्न मन लागेन | तर उनि भने कुरा  मोडेर राजनीतितर्फ लागे र भन्दै थिए जनताका लागि लड्ने भन्ने अनि देश बिकाश र सम्पूर्ण जनतालाई समान हकहित प्रदान गर्ने भन्दै जनताका सामु देखा पर्ने नेता र राजनीतिक दलहरुले गर्ने बन्द हड्तालले उनको रोजी रोटि खोसेको गुनासो पनि गर्दै थिए | अब गन्तव्य आएकोले उनको भाडा दिएर आफ्नो बाटो लाग्दै गर्दा उनको मुहार आँखा अगाडी आएर भन्दै थियो  गौशाला..... चाबहिल................... |
---शुभम सिंह  

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks