Tuesday, August 24, 2010

प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास

भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि मात्रै प्रतिबन्ध लगाइएको छ तर अरु साइटहरु पनि पत्ता लागे प्रतिबन्ध गराउने घोषणा गरेको छ | प्राधिकरणको यो लक्ष केवल प्रविधिलाई रोक्ने असफल प्रयास मात्रै हो किनकि उसले गर्दैमा हुने भए यो कल बाइपास पनि उहिले नै हटिसक्नु पर्ने हो तर अहिलेसम्म खै हटेको ??(हटेको भए विदेशबाट फोन गर्दा नेपालकै नम्बर नआउनु पर्ने हो ) अनि आज एउटालाई पक्रेको खबर आउछ अनि फेरी २/४ दिनपछि धरौटीमा रिहा भएको भन्ने खबर आउछ | अरु त अरु जसले यस्ता अपराधिहरुलाई पक्रिन्छ भोलि उसको सरुवा हुने हो कि जागिर जाने हो था' हुन्न | अनि केहि नभए पनि अपराधीहरुलाई छोडिन्छ माथिको आदेश वा त बिदेशी प्रभुको हुकुमले अनि कसरि हुन्छा अपराध निर्मुलिकरण ??

Thursday, July 8, 2010

अर्जेन्टिना गयो, अब स्पेनको सपोर्ट !!

सुरुदेखि नै विश्वकपको दाबेदार मानिदै आएको र आफ्नो अपराजित यात्रा लम्ब्याउदै आएको देश अर्जेन्टिनाको अप्रत्याशित र अबिस्वासनिय पराजयपछी अब स्पेनको सपोर्टमा लगियो है जसले जे भने पनि |

हुन त कसैले जितेर हामीलाई हुनेवाला केहि छैन तैपनि फूटबलप्रति हाम्रो प्रेम भनौ वा Crazyness भनौ यति बढ्दै छ कि हामीलाई World Cup को Game छुट्यो भने त्यसको नतिजा बिहानै पाउन हतार हुन्छ हामीलाई | अहिले नेपालमा मात्रै नभएर विश्वमै फूटबलको भुत छाडेको छ सबैलाई | के बुढा के बालक सबैको मुखमा विभिन्न रास्ट्रको नाम हुन्छ विश्वकपको बिजेताको रुपमा | सेमी फाइनलमा जितेर बाकी रहेका राष्ट्रहरुमध्ये अबको मेरो समर्थन Spainलाई|

व्यस्तताको कारणले ब्लग update गर्न नपाएकोमा क्षमा माग्दै तपैहरुको समर्थनको राष्ट्र बारे लेखना अनुरोध गर्दछु|

Tuesday, June 29, 2010

लोकतन्त्र : नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु

हुन त जनताले अहिलेसम्म कुनै शासन आए पनि केहि पाएका छैनन् दुख बाहेक | न राणाशासण कालमा शान्ति र चैनको सास फेर्न पाए न पंचायत कालमा न बहुदल आएपछि न लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात नै राहत महसुस गर्न पाएका छन् | झन् लोकतान्त्रिक गणतन्त्रको बहालीपछि त यहाँ १ राजाको  ठाउंमा कयौं राजाहरु आए | जसले गर्दा मुलुकमा भएका केहि नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु हेरौं |
उपलब्धी नं. १  :- भ्रस्टाचार तथा घुसखोरिमा अतुलनिय योगदान तथा अबिश्वासनिय सफलता ।
उपलब्धी नं. २  :- सत्ता प्रप्तिको लागि भारतीय नेता तथा उच्च पदस्थ पधादिकारिहरुको गुलामी ।
उपलब्धी नं. ३  :- देशलाई अनिर्णयको बन्दी बनाउन हदैसम्मको लचकताको प्रदर्शन तथा सफलता ।
उपलब्धी नं. ४  :- देशलाई गरीब बनाएर आफु धनी हुने खेलमा राम्रो रणनितीको प्रदर्शन ।

Sunday, June 27, 2010

यतातिर ध्यान कहिले जाला ????

सार्वजनिक यातायातमा मनपरी भाडा
----राजु शर्मा
विभिन्न माइक्रोबस समिति तथा सवारी समितिहरु गठन भइराखेका बेला पनि सार्वजनिक यातायातको भाडा मनपरी रुपमा उठाउने गरिएको छ | एउटै रुटमा पनि सवारी पिच्छे छुट्टाछुट्टै दरले भाडा लिने गर्छन खलासिहरु | सायद सबैभन्दा बढी सवारी चल्ने चक्रपथको रुटमा नै पनि खलासिहरुले सवारी पिच्छे फरक फरक भाडा लिन्छन | Identity कार्डको छुटपश्चात कुनै गाडीले १० रुपैयाँ मात्रै लिने ठाउमा कुनै गाडीले १५ रुपैयाँ पनि लिने गरेको पाइन्छ | १० रुपैयाँ भाडा लाग्ने ठाउमा १५ रुपैयाँ भाडा लिंदा पनि १० रुपैयाँ मात्रै दियो वा १२ रुपैयाँ मात्रै दियो भने पनि खलासिहरुले बेइज्जत गरिदिन्छन उल्टै झगडा गरेर | त्यो भन्दा बरु ५ रुपैयाँ बढी तिर्नु नै बुद्धिमानी हुन्छ भन्दै कतिले त १५ रुपैयाँ पनि दिने गर्छन |

Monday, June 14, 2010

गौशाला..... चाबहिल........

आजदेखि हामीले नयाँ स्तम्भ सडक संघर्ष सुरु गरेका छौं  | जस अन्तर्गत हामीले सडकमा संघर्ष गरेर जीवन गुजारा गर्ने व्यक्तिहरुको संघर्ष कथा वा सडक संघर्षसंग सम्बन्धित कथा कविता वा जुनसुकै लेख वा तस्बिरहरु राख्नेछौं | तपाई पनि हामीलाई यस्ता सामाग्रीहरु पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो nepalikonepaliaawaz@gmail.com | हामीलाई प्राप्त पहिलो कथा कुनैपनि सम्पादन बिना तल राखिएको छ |

 गौशाला..... चाबहिल...... एअरपोर्ट........ सातदोबाटो........ कुसुन्ती....... कलंकी.........
धेरैलाई चिरपरिचित लाग्ने यो Dialogue उनलाई भने कन्ठै थियो र सधै भट्ट्याइरहन्थे अझ भनौं उनको दिनचर्या बनेको थियो यो Dialogue भट्ट्याउने काम | आधा भन्दा बढी सेतो फुलेको र आधा भन्दा कम कालो कपाल मिस्रित टाउको, अनुहारमा केहि मात्रै फुल्न बाकी काला दारी, स्वरमा २५ बर्से ठिटोको झैँ दम, सामान्य जिउडाल, पेन्ट माथि हल्का मैलो गन्जी, उमेरले ६० कटेका बृद्ध, उनको परिचय यतिमै सिमित हुदैन उनको परिचय अन्त्यमा आएर खलासीमा टुंगिन्छ | हजुर उमेरले ६० कटेपनि किन यो(खलासी) पेशा त ?? भन्ने प्रश्नमा उनि फिस्स हाँस्छन अनि उल्टो प्रतिप्रश्न गर्छन  "किन र बुढो मान्छेले खलासी बन्नु हुदैन र ??" हुन त अधिकांस खलासीको इच्छा वा चाहना हुन्छ कि भबिस्यमा Driver बन्ने तर उनको त्यो संग केहि पनि लेनादेना छैनha "भन्छन अब यो बुढो उमेरमा मर्ने बेलामा मा के Driver बन्छु र ??" फेरी अनि किन त यस्तो काम?? भनेपछि सुरु भयो उनको रामकहानी | गाउँको गरिब परिवारमा जन्मेहुर्केका  उनले अनपढ हुनाले अन्य जागिर नपाएको भन्दै परिवार र आफ्नो पापी पेट पाल्न यो काम गर्नुपरेको बताउदै भने के गर्नु हजुर पापी पेटले धनि गरिब छुट्याउँदो रहेनछ | आफ्नो ज्यान आफैलाई भरि पर्न थालिसकेको र घरमा काम गर्ने कोहि नहुदा बाध्य भएको कुरा पनि उनले छुटाएनं | यसै बिचमा Drivarको आदेश जारी भयो ओइ चुरोट एउटा किन त | driver आफै चै अधबैंसे २५/३० बर्षे जवान थियो | उनलाई यस्तो तँ तँ को शब्द पचिसकेको थियो |

Monday, June 7, 2010

'डा. भक्तमान' अपहरणदेखी रिहासम्म सबै रहस्यमय र अचम्म

डा. भक्तमान अपहरणको १९ दिनपछी बल्ल बल्ल रिहा भए । न त प्रहरिले अपहरणकारी पत्ता लगाउन सक्यो न भक्तमानको रिहाइपछी कुर्लिने माओवादीहरुले नै पत्ता लगाउन सके । जे भएपनी खुशीको कुरा हो डा. भक्तमान सकुशल रिहा हुनु । तर जसरी उन्को रहस्यमयी ढंगबाट अपहरण भयो त्यसरी नै उनको रिहाइ अझै रहस्यमयी भएको छ । अझ रहस्यमयी त उनको कहानि छ । अपहरणकारी त कतै नामै नसुनिएको हिन्दू जनता पार्टी रे । अनी केही समयपछी काठमान्डौमा सर्वजनिक हुने रे अन्य जिल्लामा चाँही सार्वजनिक भईसकेका छन रे (तर कुनै तथ्य बहिर आको था'छैन) । अपहरणकारीले उनलाई रिह गर्न न फिरौती रकम मगे न कुनै सर्त सार्वजनिक गरे न त आफुले अपहरण गरेको भनेर वा रिह गर्दै छौ भनेर कुनै विज्ञप्ती नै जारी गरे ।
 
अब उनको कुरामा कतिको सत्यता छ त्यो त उनै जानुन तर उनको यो कुरा पुरै काहानी र फिल्मी स्टाईलको छ अनी उनी छन साह्रै डरमा । कारण उनी कुनै पनि कार्यक्रममा खुलेर कुरा गरिरहेका छैनन मानौ उनको मुखबाट सत्य बाहिर आउला । अनी अपहरणकारीको धम्कीले नराम्रा्ओ र उग्र रुप लेला । मलाई त लाग्छ अहिलेसम्मा डा भक्तमान हैन एउटा रङ्गकर्मी बोलिरहेको छ जस्को मुखबाट निर्देशकको निर्देशन अनुसारका वाक्यहरुमात्रै बहिर आइरहेका छन ।

Saturday, May 29, 2010

संविधानको समय सिमा हैन तलब र भत्ता थप

जसरि जनताले राणाशसाण हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!
 हिजो जेठ १४ गते हाम्रो अन्तरिम संबिधानको अन्तिम र नयाँ नेपालको समाबेशी संविधानको पहिलो दिन हुनुपर्थ्यो तर......... तरले कुरो बिगार्यो फलस्वरूप नयाँ संबिधान जारी गर्न भनेर एक बर्ष समय थपियो अन्तरिम संविधानको | अन्तरिम संविधानको मिति त  थपियो तर यहाँ पनि तरले कुरो बिगार्न सक्छ यत्रो समयमा त केहि तयारी छैन भने एक बर्षमा नै संविधान बनाउलान यी सभासदहरुले भनेर के विश्वास गर्नु ? खैर छाडौं यी कुरा, आखिर या त नयाँ संबिधान जारी या त अन्तरिम संविधानको म्याद थप त गर्न नै थियो मुलुकलाई बचाउन | तर अनौठो के छ भने आखिर अन्तिम घडीमा आएर मिल्नु नै (राजनीतिक भाषामा झुक्नु नै थियो ) थियो भने यत्रो नाटक किन गर्नु र जनतालाई किन नानाभाति भनेर दुख दिनु | 

Wednesday, May 12, 2010

अब झन्डा नबोक्ने जनताको मर्का कसले बुझ्ने, जंगली जनावरले?

सन्तोष रिमाल, काठमाडौं, वैशाख २९- नेपाली आकासमा निजी कम्पनी विमानहरूको चुरीफुरी बढ्दो छ। तर, सरकारी विमानको हालत भने पखेटा काटिएका पन्छीहरूको जस्तो छ। हिजोआज टिभीमा 'मुटु चाहिन्छ मुटु' भन्दै छाइरहने कलाकार तथा विमानचालक विजय लामाले मंगलबार नागरिकसँग यही विषयबाट कुराकानी सुरु गरे।
'नेपाल वायुसेवा निगमको स्थिति खस्कनुमा दोषी को?' यो पहिलो प्रश्नमा निगमका क्याप्टेन विजयले ढाकछोपको प्रयास गरेनन्, 'हामी कर्मचारी नै हौं। दोषबाट पन्छिन अरूलाई किन औंला देखाउनु?'

कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्। उनलाई लाग्छ व्यवसायिक सफलताको तगारो यही हो।
'युनियन धेरै भए। युनियनहरूले गर्दा निगम व्यावसायिकभन्दा राजनीतिक थलो बन्यो,' उनले भने, 'आवाजको गतिमा चल्नुपर्ने निगममा झटपट निर्णय हुनुपर्ने हो।' तर, निगममा पञ्चभेलाले जसरी निर्णय गर्ने शैलीदेखि उनी दिक्क छन्। पछि पर्नुको एउटा कारण यसैलाई मान्छन्।

'सबैको राय बुझेर निर्णय गर्न खोज्दा लामो समय लाग्छ। २१ औं शताब्दीको एयरलाइन्स क्षेत्रको बाधक भनेकै ढिलसुस्ती हो,' अरु कार्यालयजस्तै सरकारी पाराले निगमलाई पनि सताएको उनले दोहोर्‍याए।

Wednesday, May 5, 2010

राजनेता कि अराजकनेता ??

सामान्यतया राजनेता भन्नेबित्तिकै हामी सबैले बुझ्ने कुरा हो राजनीति गर्ने व्यक्ति भनेर। राजनेताको परिभाषा धेरै थरि होला तर मेरो बुझाइमा भने राजनेता भनेका त्यस्ता व्यक्ति जो देशलाई शान्त सम्ब्रिद्द र बिकसित बनाउने उद्देश्यले देशका लागि राजनीति गर्ने व्यक्ति हो। अरजकनेता भनेको चाही अराजक कार्य गर्ने तथा त्यस्ता व्यक्तिहरुको नेतृत्व गर्ने व्यक्ति हो ।
            अब क.प्रचण्ड जो दशबर्षे गृहयुद्ध पश्चात शान्तिपूर्ण रुपमा राजनीति गर्ने भनेर देशकै ठुलो पार्टीका अध्यक्षका रुपमा उदाएका छन् राजनेता हुनकी अराजकनेता ? दुविधा यहानेर किन छ भने देशमा दिगो शान्ति ल्याउने र मुलुकको बिकाश गर्ने सपना जनतालाई बाँडेर र नेपालीलाई जनताको संबिधान दिने नारा लिएर आएका प्रचण्ड आफै अहिले आएर आन्दोलनजस्तो अराजक कार्य गर्न थालेका छन् । उनकै आदेश पाएर हो वा के हो गाउँ गाउँमा एक परिवार एक सदस्यका दरले आन्दोलनमा उत्रनुपर्ने भन्दै मानिसलाई ल्याइएको भन्ने खबरहरु पत्रपत्रिकामा आउन थालेका छन् ।

Monday, May 3, 2010

पक्ष र प्रतिपक्षका कमरेडहरुलाई चिट्ठी

कमरेड प्रचण्डलाई खुला चिट्ठी
लालसलाम,अनि न्यानो अभिवादन 
कमरेड
कमरेडको गाथमा त आरामै होला नत्र त आन्दोलन गर्नुको सट्टा कुन देश पुग्नुहुन्थ्यो होला उपचारार्थ तर हामी जनता र बिद्यार्थीहरु शारीरिक र मानसिक रुप दुबैले अस्वस्थ भएका छौ हजुरको आन्दोलनले ! दुइ छाक खान पनि दिनभरी परिश्रम गर्नुपर्ने हाम्रो त गांसै तपाइले बन्द गरिदिहाल्नुभयो | हुन त नेपाल पर्यटन बर्ष २०११ सफल पर्न प्रमुख लगायत अन्य केहि दलका प्रमुख नेताहरुले बन्द हड्ताल र आन्दोलन नगर्ने भनि प्रतिबद्दता जनाएको थाहा पाएर अब देशमा केहि होला भन्ने सोचेका म र मजस्ता बिद्यार्थी र जनता तपाइको कदमले फेरी जिल्लिएका छौ | कमरेड हजुरको आन्दोलनले हाम्रो त परिक्षा पनि स्थगित भयो रे दिनरात गरेको परिश्रम पनि खेर गयो | कमरेड तपाइको नागरिक सर्वोच्चता अनि संबिधान निर्माणको नारा कहिले सम्म टिक्ला र त्यै जेठ १४ गते सम्म त हो नि त्यसपछि त जनताले तपाई जस्ता नेताहरुलाई के विश्वास गर्ने | कमरेड तपाइलाई मेरा हजुरबा-हजुरआमा,  बा-आमा, दाजु-दिदिहरुले भोट दिएर जितेको आन्दोलन गर्न होइन त्यो त देशमा दिगो शान्तिका  निमित्त नयाँ संबिधान बनाउनका निमित्त हो | त्यसैले कमरेड अब आन्दोलन छोडेर सहमतितर्फ  लाग्नुस् हो कमरेड ठुलो दलका हिसाबले तपाइको पार्टीकै नेतृत्वमा सरकार बन्नुपर्छ र अन्य दलहरु पनि सहमतिको निम्ति लचिलो बन्नुपर्छ | यसर्थमा माधव नेपालले पनि त तपाइको बाहेक अरुको नेतृत्वको सरकार बनाउने भएमा आफु छोड्न तयार छु भनेका छन् नि त्यै भएर तपाईकै पार्टीका डा. बाबुराम लाई प्रधानमन्त्रि बनाउने प्रस्ताव राख्नुहोस न त अनि सहमति गर्नुहोस |

बिन्ति छ कमरेड जनतालाई नमार्नुस जनयुद्धको नाममा १५००० नेपाली जनता मरे अब फेरी जनताको रगतको खोला नबगाउनुस | कमरेड कुर्सीका निमित्त किन जनताको रगत बगाउनु हुन्छ ? के तपाई सत्तामा गए मात्रै संबिधान बन्ने र नागरिक सर्वोच्चता स्थापना हुने हो त ? गिरिजाबाबुको मृत्यु लगत्तै जुर्मुराएका राजा अनि चार दिन अघि नेपाल आएका पारसलाई जेठ १४ पछीको विकल्पका रुपमा देख्न नपरोस भन्ने जनचाहनालाई किन लत्याउनु हुन्छ ? यस्तै चाला तपाई नेताहरुको रहने हो भने तयार हुनुहोस जनताको सामना गर्न मात्र कुर्नुस जेठ १४ अनि तपाई लगायत अन्य दल र नेताहरुको हाल के हुन्छ ?
अन्तमा, देशमा संबैधानिक रिक्तता नाराखिदिनुहोला भन्दै मेरो पत्र टुंग्याउछु |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी

Sunday, May 2, 2010

बधाई छ ! कमरेड तपाई सफल हुनुभयो |

वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो

गरिब जनताको दुई छाक बन्द गर्नुभयो
काम गरि खानेलाई काम गर्न रोक्नु भयो
वाई-स्याल परिचालन गर्नुभयो
अनि आन्दोलन गर्नुभयो, ठुलै काम गर्नुभयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो

राष्ट्र निर्माणमा युनिटी र न सुबिधा न पैसा फिर्ता

आज एकै दिनका दुइ प्रमुख दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरुको हेड लाइन हुन् यी | पहिलो राष्ट्र निर्माणमा युनिटी लाईफ शिर्षकको बिज्ञापन भनौं वा समाचार भनौं  गोरखापत्रमा प्रकाशित भएको थियो भने दोस्रो  न सुविधा, न पैसा फिर्ता शिर्षकको समाचार भने नागरिक दैनिकमा प्रकाशित भएको हो | तपाइले पहिलो समाचार यहाँ हेर्न सक्नुहुन्छ भने दोस्रो समाचार जस्ताको तस्तै तल हेर्नुस :

रोशन साँवा, इलाम, वैशाख १९-  एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजिवन निशुल्क स्वस्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैंया लिएर 'स्वस्थ्य सदस्य' बनाएको छ। यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र बिमा सुविधा पनि हुँदैन।

गत असोजमा इलाम सदरमुकाममा सञ्चालित १५ शैयाको युनिटी लाइफ अस्पतालमा मापदण्डअनुसार जनशक्ति तथा प्रभावकारी सेवा नभएको पाइएको छ। सो अस्पतालले मापदण्डअनुसार आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी राखेको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा. तारानाथ पोखरेलले १५ शैयाको अस्पतालमा कम्तिमा तीन जना एमबीबीएस गरेका चिकित्सक, छ जना नर्स, दुई जना हेल्थ असिस्टेण्ट, दुई जना अहेव हुनुपर्छ। तर युनिटी लाइफ अस्पतालमा एमबीबीएस चिकित्सक एक, दुई जना नर्स, एक जना हेल्थ असिस्टेण्ट र दुई जना अहेव छन्।

एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजीवन निःशुल्क स्वास्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैयाँ लिएर 'स्वास्थ्य सदस्य' बनाएको छ। तर, यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र विमा सुविधा पनि हुँदैन।

कम्पनीले इलाम सदरमुकाममा सञ्चालन गरेको युनिटी लाइफ अस्पतालका प्रशासकीय अधिकृत पुष्प खड्काले स्वास्थ्य सदस्यलाई बैंकिङ सदस्यलाई जस्तो बचत र विमाको सुविधा नहुने बताए। 'स्वास्थ्य सदस्य हुने परिवारका सदस्यले पनि अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्योपचार सेवा पाउँछन्,' उनले भने। 'अस्पताल जाने कहिलेकाहीं त हो, औषधीको पैसा तिर्नैपर्छ, एकमुष्ठ पैसा तिरेर सोझै ठगिएका रहेछौं नि,' एक स्वास्थ्य सदस्यले भने।

युनिटीका स्वास्थ्य सदस्य बरबोटेका बालकुमार श्रेष्ठले अस्पतालले दिने स्वास्थ्य सुविधा पनि चित्त नबुझेको बताए। 'दुई महिनाअघि अचानक विरामी भएर अस्पताल पुग्दा सदस्यताको कार्ड मसँग थिएन, सदस्य हुँ भन्दा पनि छुट दिएनन्। महँगो पनि लाग्यो,' उनले भने। उनले त्यसपछि युनिटी अस्पतालमा जानै छाडेको बताए। युनिटीको इलाम शाखाले स्वास्थ्य सदस्यको संख्या केन्द्रबाट मात्र उपलव्ध हुन सक्ने जनाएको छ।

युनिटी लाइफ अस्पतालले दिने सेवासुविधाका बारेमा पनि प्रशस्तै गुनासो सुनिन थालेको छ। अस्पतालको प्रयोगशाला त अझ झन् भरपर्दो नभएको सेवाग्राहीले बताएका छन्। 'युनिटी लाइफ अस्पतालले रगत ए पोजेटिभ भनेर पठाएको मान्छेको यहाँ पुनः परीक्षण गर्दा एबी पोजेटिभ देखियो,' जिल्ला अस्पताल इलामका प्राविधिकले भने। युनिटीकै एक सदस्यले युनिटी अस्पतालमा र जिल्ला अस्पतालमा रगतको आरबीसी (रेड ब्लड सेल) गणना गर्दा अलगअलग नतिजा आएको बताए। 'युनिटीमा आरबीसी १९ हजार देखायो, लगत्तै जिल्ला अस्पतालमामा परीक्षण गर्दा ११ हजार देखियो जुन नर्मल रहेछ। १९ हजार हुँदा त थान्को नै लागिने रहेछ,' उनले बताए।

अरु अस्पतालमा उपचार गराएर आएको विरामीलाई युनिटी अस्पतालले नलिने गरेको पनि सेवाग्राहीले जनाएको छ तर युनिटी अस्पतालका प्रशासकीय अधिकृत खड्काले सबैलाई सेवा दिन अस्पताल खोलिएकोले त्यसरी नफर्काउने गरेको दाबी गरेका छन्।

युनिटी लाइफ अस्पतालले सदस्यलाई उपचार खर्चमा २५ प्रतिशत छुट दिने गरेको छ तर उसले छुट दिंदा पनि अन्य अस्पतालको भन्दा महँगो पर्छ। युनिटी अस्पतालले ओपीडी दर्तामा लाग्ने ५० रुपैंया दर्ता शुल्कमा सदस्यलाई पनि छुट दिंदैन। इमरेजेन्सीमा एक सय ५० रुपैयाँ, शैया शुल्क दुई सय रुपैयाँ लिन्छ र सदस्यलाई दुवैमा २५ प्रतिशत छुट छ र औषधीमा छुट छैन। नजिकै रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालले ओपीडीमा दर्ता शुल्क ५०, इमरजेन्सीमा एक सय र शैया शुल्क ५० देखि एक सय २५ रुपैयाँ लिन्छ। जिल्ला अस्पताल त सरकारी हुनाले सरकारले दर्तालगायत धेरैमा निःशुल्क र छुट सुविधा दिएको छ।

Wednesday, April 14, 2010

Blogger has been changed in this Blog

Update: हाम्रो सूचनालाई आधार मानेर १०वटा मेलहरु हामीलाई प्राप्त भएका थिए जसमध्येबाट एक जना साथीलाई हामीले यस ब्लगको ADMIN हुने अधिकार प्रदान गरेका छौ | उहाको बारेमा थप उहाले नै ब्लगमा लेख्नुहुनेछ | 




 हुन त यस ब्लगलाई अझ राम्रो र अझ बिबिधतायुक्त बनाउने इच्क्षा र चाहना हुँदाहुँदै पनि बिशेष कारणबस ब्लग दुनियाँबाट टाढिन पर्दा आँफैलाई कस्तो कस्तो लगेको छ | तै पनि अब लगभग १ बर्ष जती ईन्टरनेटको दुनियाँबाट नै टाढिनु छ मैले, त्यसैले म यो ब्लग जो कोही इच्क्षुक ब्यक्तिलाई यो ब्लग जिम्मा दिएर टाढिन चाहन्छु | त्यसैले कृपया यस ब्लगमा लेख्न तथा यस ब्लगलाई अझ राम्रो बनाउन र यस् ब्लगलाई चलाउन चाहने जो कोही ब्यक्तिलाई हामी स्वागत गर्न चाहन्छौ | कृपया हामीलाई हाम्रो ईमेल ठेगाना nepalikonepaliaawaz@gmail.comमा मेल गरी यस ब्लगलाई तपाईंको आफ्नो बनाउनुस् | धन्यवाद |

Tuesday, April 13, 2010

नयाँ बर्ष २०६७ को हार्दिक शुभकामना


नयाँ बर्ष २०६७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् | २०६६ साल सँगै सम्पूर्ण नेपालीका मनबाट हिंसात्मक भावनाका साथै देशमा व्याप्त हत्या हिंसा आशान्ती जस्ता विकृतिहरु पनि हराएर जाउन र देशमा शान्ती छाओस,समयमै नयाँ संबिधान जारी होस्,देशमा तथा तपाईंहरु सबैको घर गाउँमा शान्ती छाओस | नयाँ बर्ष २०६७ले सम्पूर्ण नेपाललाई साच्चै सुन्दर शान्त र बिशाल बनाओस | यहाँहरु सबैमा नयाँ बर्ष २०६७ को यही छ हाम्रो शुभकामना |

Tuesday, April 6, 2010

परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --2 (+2)

अब कुरा गरौँ HSEB का परिक्षाहरुको जुन परिक्षामा केहि टाइट भनिने कलेजहरुले पनि बिध्यार्थीलाई  चिट चोर्न छुट दिने गर्छन | अनि कुन कलेजमा आफ्नो सेन्टर पर्ने भनेर HSEB बोर्डमै गैर छलफल भएपछी सेन्टर तोकिन्छ भन्ने पनि यदाकदा सुनिने गर्छ | खैर छाडौं यस्ता कुरा कुरा गरौँ दुइ बर्ष अगाडिको जब मा HSEB बाट +२ को परीक्षा दिदै थिएँ | त्यतिखेर त झन् अचम्म भो बा! आफु परियो मध्यम स्तरको मान्छे संगै बस्ने मित्र परेछन सारै जान्ने त्यसैले सधै १ घन्टासम्ममा लगभग ३० ३२ नम्बरको प्रश्न हल गर्थे होला र १ घण्टा हुने बितिक्कै उनको टाप दिने कार्यक्रम हुन्थ्यो | तर पनि उनको नम्बर आयो ६०%मा अनि मेरो आयो फाइल डीभिजनमा | आस्चर्य र अचम्ममा एकै पटक परियो तै पनि आफुले गर्न सक्ने केहि होइन त्यै भएर अब पुन हुने Supplementary Exam मा पास हुने गरि पढियो | उही त हो पारा Supplementary Exam दिने बिध्यार्थी कस्ता हुन्छन र प्राय मै जस्ता नजान्ने त हुन् नि अनि दिइयो परिक्षा! यो पाली पास भैएछ खुसि भैयो | अनि संगै पर्ने मित्रले पनि हेर्दै बाँडीचुंडी परिक्षा दिएको भएर उनलाई सोधेको त उनको ७० नम्बर आयो रे  मेरो चाही ३५ | सोधे कसरि यस्तो भयो त ? के बताउँथे बताएनन |  तर पनि पछाडी बुझ्दै जादा सबै कुरा थाहा पाइयो |

Saturday, April 3, 2010

परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --1 (S.L.C.)

"के कुनै विद्यार्थीको बर्षभरिको पढाई मुल्याङ्कन गर्न तीन घण्टा समय पर्याप्त होला र ??" अनी "काठमाडौं Valleyभित्र चित चोर्ने र चोराउने कार्य हुँदैन त ??"

फलामे ढोका मानीने प्रबेशीका परीक्षा (S.L.C) आजबाट सकियो | यसपालिको S.L.C. परिक्षामा चिट चोर्दै गरेका बिद्यार्थी अनि चिट चोराउदै गरेका शिक्षक शिक्षिका अनि गार्डदेखि परीक्षा नियन्त्रकहरुको समेत फोटो विभिन्न छापाहरुले प्रकाशन गरेका थिए | जहाँसम्म मैले बुझेको र मेरा शिक्षक शिक्षिकाहरुले हामीलाई बुझाएसम्मको कुरा हो चिट चोर्नु र चोराउनु शिक्षक र बिद्यार्थीको नैतिकता र परीक्षाको मर्यादाबाहिरको कुरा हो | बास्तवमा नेपालको शिक्षा विश्वकै नमुना शिक्षा होला तर बिद्यार्थीको बर्षौको मिहिनेत अनि परिश्रम तिन घन्टाको परीक्षाले नाप्ने हाम्रो शैक्षिक प्रणाली गलत छ भन्छु म | तिन घन्टाको परीक्षा अनि सरकारी काममा अन्तरवार्ता लगभग उस्तै हो हुनेखाने अनि धनि र समाजका सभ्य व्यक्ति भनाउदाहरुलाई दुवै प्रक्रिया पुर्याउने बाटो | कुरा केहि बर्षअघिको हो जब म पनि S.L.C. दिने बिद्यार्थी थिए, मेरो छेउमा परेका गन्यमान्य व्यक्तिका छोरालाई सायदै १०० नम्बरको हल गर्ने जाँगर र आँट आयोहोला र त मेरो कापी हेर्दै उत्तर लेख्दै थिए आठवटै बिषयहरुमा | मैले कापी देखाइदिएकै कारणले हाम्रो मित्रता भएको थियो त्यसैबेला | अनि S.L.C.को रिजल्ट आएपछि उनलाई सोध्दा त उनको ८०.०१% आएर distinction आयो रे तर मेरो चाहिं आएको थियो द्वितीय श्रेणी त्यो पनि ५९.०८% आएर |

Thursday, April 1, 2010

अर्जेन्ट छ आइहल्नुस न है ! (April Fool अनुभव )

"अर्जेन्ट छ आइहल्नुस न है !!!!",
"फलानोको बिहे हुदै छ तपाई पनि तुरुन्त आउनु पर्यो !!!",
 "फलानो बिरामी छ, लौ फलानो ठाउँ/अस्पतालमा आउनुस है !!!"
यस्तै खबरहरुले दिनभरी झुक्यायो दिनभरी | हुन त April 1 भन्ने बिहानै थाहा थियो त्यसैले अर्जेन्ट र बिबाह भएको ठाउँमा त गइएन, तर बिरामी भने पछी त जानै पर्यो | यस्तो कुरामा पनि के झुट बोल्लान र?, तै पनि अन्तरबार्ता लिइयो, सबै साँचो साँचो जस्तै नअक्मकाइ जवाफ आयो अनि लागियो अस्पतालतिर अनि गइयो बेड नम्बर खोज्दै | बल्ल तल्ल फेला परियो ४२० नम्बरको बेड तर त्यहाँ त सोचेभन्दा फरक परिस्थिति को हो? को हो? चिन्दै नचिनेका बिरामी फेला पारियो | अनि फोन गरेर झपारियो बिरामीको खबर दिनेलाई | जवाफ आयो अरे भर्खरै डिस्चार्ज गरेर घर आइपुगियो | विश्वास गरियो, अनि लागियो बिरामीको घरतिर | म बिरामीको घर पुग्दा त मेरा बिरामी त Office पुगेको खबर पाएँ अनि त कन्पारो तातिगो' अनि फोन गरेर हप्काउने विचार गरियो अनि नम्बर थिचियो के का फोन लाग्थ्यो NTC कि दिदि बोलिन "तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केहि समयपछी पुन: प्रयाश गर्नुहोला धन्यवाद !"

Wednesday, March 24, 2010

Call Bypass (कहाँबाट कमाउँछ NTCले दैनिक ७ करोड --२)

के हो त, कल बाइपास ?
कल बाइपास भनेको विदेशबाट आउने कललाई उच्च गतिको इन्टरनेट प्रयोग गरेर स्थानीय नम्बरमा परिणत गरी सम्बन्धित ग्राहककहाँ पठाउनु हो। यसो गर्न कल बाइपास गर्नेहरुले बिदेशी कम्पनीसंग सहकार्य गरेर स्थानीय नम्बरहरुको प्रयोग गरेर बिदेशी कललाई इन्टरनेटको प्रयोगबाट स्वेदेशी नम्बरमा रुपान्तरण गर्छन | यसैका लागि नेपालका कल बाइपासर हरुले NTC, Mero Mobile (Ncell), UTL आदिको प्रयोग गरिन्छ जसका निम्ति कल बाइपासरहरुले रिचार्ज कार्ड र सिम कार्ड ठुलो परिमाणमा प्रयोग गर्छन अनि यस्तोमा प्रयोग गर्ने सिमहरु महिनैपिच्छे फरक हुन्छन | दूरसञ्चार कम्पनीहरूको दाबीअनुसार एक अध्ययनअनुसार नेपालमा आउने विदेशी कलमध्ये -एक तिहाइ (३३ प्रतिशत) ले अवैध रूपमा भिओआइपी चलाइरहेका छन्।

Sunday, March 21, 2010

कहाँबाट कमाउँछ NTCले दैनिक ७ करोड --१


नागरिक दैनिकको आर्थिक पृष्ठमा नेपाल टेलिकमको दैनिक कमाई ७ करोड भन्ने लेख पढ्दा मलाई विश्वास लागेको थिएन| NTC यानी Nepal Telecomले दैनिक ७ करोड नाफा कमाउँछ भन्ने थाहा पाउँदा अचम्म मान्नु पर्ने खासै कुरा भने केहि रहेनछ | कारण कल बाइपास | थाहा भएसम्म कल बाइपासमा NTC र Mero Mobile अर्थात् Ncellको यति धेरै सिमकार्ड र रिचार्ज कार्ड प्रयोग हुँदो रहेछ कि दैनिक करौडौंको कारोबार त यस्ताले मात्रै गर्दा रहेछन |सिमकार्ड तथा रिचार्ज कार्ड सप्लाई गर्ने पनि छुट्टै अगेंट हुने रहेछ | हुन त अरुलाई जस्तै मलाई पनि यो बिषयमा केहि मतलब थिएन तर हिजो एकाबिहानै मोबाइलमा घन्टी बज्यो, नम्बर अपरिचित थियो फोन उठाइन तर पटक पटक छुट्टा छुट्टै नम्बरबाट फोन आउन थाल्यो यसो भएपछी फोन उठाएँ र भने हेल्लो उताबाट परिचित आवाज आयो अवाज थियो साथीको जो हाल अमेरिकामा अध्यनरत थियो | सोचें साथि फर्केछ तर हैन रहेछ | अरुको यस्तै घटना सुनेको भएपनि आफैले भने पहिलोपटक भोगियो |

नेपाली राजनीतिका महत्वपुर्ण हस्ती गिरिजाप्रसादको मृत्यु

update::
भावपूर्ण श्रद्धान्जली
`

बाचुन्जेल जतिसुकै पुत्ला जले पनि जतिसुकै बिबादित बनेपनि उनको मृत्युले नेपालमा ठुलै क्षति पुगेको अनुभव भएको छ | जस्तासुकै मैं हुँ भन्नेहरुपनि उनको मृत्युमा दुखित भएका छन्, उनको मृत्युमा भावबिव्हल भएका छन् | जे जस्तो भए पनि दलहरुले मिलेर संबिधान चाडै बनाउन अनि गिरिजाप्रसादको आत्माले चिर शान्ति पाओस भन्दै स्व.गिरिजाप्रसादलाई अन्तिम तथा भावपूर्ण श्रद्धान्जली |

Linking Networks