Saturday, October 17, 2009

शुभ दिपावली(Happy Dipawali)




Wednesday, October 14, 2009

माधव नेपाल र बाबुराम कार्ड खेल्दै भारत

भारतीय पक्षले नेकपा माओवादीकै नेतृत्व सरकार बनाउने र त्यसमा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु पर्ने संदेश माओवादीका प्रमुख नेताहरुलाई बारम्बार सुनाउँदा पनि अध्यक्ष दाहाल सहमत भए पनि अन्य नेताहरुको चर्को विरोधका कारण असम्भव भएपछि आफ्नो पक्षमा काम गर्ने अर्थात चिनियाँ पक्षको प्रत्यक्ष हस्तक्षेपलाई रोक्नसक्ने प्रधानमन्त्री हुनलायक कोही नदेखेपछि वर्तमान सरकारलाई नै कायम राख्नु मानै फाइदा हुने बुझेको छ।

हाल भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एव कांग्रेस नेता शेरबहादुर देउवालाई अमेरिकी जोड भए पनि भारत यसअघि प्रधानमन्त्री हुँदा नै नेपालको सिमा विवादमा अमेरिकालाई हस्तक्षेप गर्न दिने सहमति गरेर नेपालको चीनसँग सिमा विवाद नभएको र आफूसँग मात्र भएको भारतीय बुझाई र हतियार किन्ने सवालमा पनि चिढिएका कारण त्यति खुसी छैन।

हाल अमेरिका र भारत एकै ध्रुवमा आएका कारण लाइन मिले पनि भारत भने आफ्नै मान्छे मात्र खोज्ने गर्दछ। भने शेरबहादुर पनि हालैको भ्रमणमा त्यहि तुस मेटाउन विभिन्न शक्ति केन्द्र त आफ्ना नातेदारहरुसमेत प्रयोग गर्दैछन्।
भारतका पूराना मित्र सुर्यबहादुर थापासँग पनि भारतीय पक्षले अब शेरबहादुरलाई प्रधानमन्त्री बनाउदा के हुन्छ भनेर प्रश्न गरेका थिए। देउवाप्रति उदार रहेका थापाले देउवालाई प्रधानमन्त्री बनाउन सैनिक शासन वा राष्ट्रपतिको हस्तक्षेपपछि बन्ने प्रजातान्त्रिक सरकारको नेतृत्व दिन सकिने सुझाव दिएका छन्।
भारतीय योजनाअनुसार यहि सरकारलाई संविधान बनाउने अन्तिम समयसिमासम्म कायम राख्ने र संविधान पनि नबन्ने अवस्था आएपछि संविधानसभा विघटन गर्दै राष्ट्रपति शासन लागू गराउने अभियानमा छ।
उता भारतकै योजना अनुसार माओवादीको आन्दोलनको नेतृत्व पनि बाबुराम भट्टराईलाई दिइएको छ। भट्टराईलाई आन्दोलनबाट स्थापित हुन र प्रधानमन्त्रीको लागि तयार रहन बारम्बार निर्देशन प्राप्त भइरहेको छ।
एकैचोटी दुईवटा कार्ड खेल्ने गरेको भारतले हाल माधव नेपाल र बाबुराम कार्ड खेल्दै छ।
स्रोत : weeklynepal.com

बबन सिंहद्वारा पहाडे पत्रकारलाई नछोड्ने चेतावनी

संविधानसभाका सभासद् बबन सिंहले मधेसका बारेमा समाचार नलेखेको आरोप लगाउँदै आक्रोशमा तराईमा कार्यरत पहाडी समुदायका पत्रकारलाई ‘त्यसै नछोड्ने’ चेतावनी दिएका छन्।
तराई-मधेस लोकतान्त्रिक पार्टीको मधेस जागरण अभियानका क्रममा मंगलबार बाराको जितपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी र केन्द्रीय सदस्य जितेन्द्र सोनलसहित आएका सिंहले सभामा बोल्दै मधेसको समाचार नलेख्ने ‘पहाडिया’ पत्रकारहरूलाई नछोडिने बरु ‘छठीको दूध पिलाइदिने’ बताए।

तराईका भोजपुरीभाषी समुदायमा बदला लिनुअघि चेतावनी दिने क्रममा आफ्ना शत्रुहरूलाई ‘छठीको दूध पिलाइदिने’ भनेर धम्काइने गरिन्छ।

सभासद् सिंह सञ्चारकर्मीहरूलाई धम्की दिइरहँदा मञ्चमा रहेका पार्टी नेताहरूले भने कुनै प्रतिक्रिया जनाएनन्। सभासद् सिंहले मधेसको लागि सबैभन्दा ठूलो दुश्मन पहाडे पत्रकार भएको आरोपसमेत लगाएका थिए। ‘यस्तालाई तह नलगाएसम्म तराईको विकास हुँदैन’ -उनले भने। सभासद् सिंहले सञ्चारकर्मीहरूलाई गाली गरिरहँदा पार्टी कार्यकर्ता र सभामा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।

मधेसका बारेमा समाचार लेख्न छुट्टै मधेसी पत्रकारको आवश्यकता रहेको समेत सिंहले सुनाए। ‘हामीसँग आफ्ना पत्रकार छैनन्, मधेस पछाडि पर्नुको कारण मधेसी समुदायका सञ्चारकर्मीहरूको कमी हुनु पनि हो’ -उनले भनेका थिए।

दीपावली र छठको शुभकामना दिँदै आफ्नो मन्तव्य शुरू गरेका सिंहले अधिकांश समय मधेसी-पहाडीबीचको साम्प्रदायिक सद्भाव धमिल्याउने कुरामा खर्चेका थिए। पहाडी समुदायका सञ्चारकर्मीहरू साम्प्रदायिक भावनाले ग्रसित रहेको पनि उनको आरोप थियो।

मधेसका विभिन्न भूमिगत समूहहरूको धम्की खप्दै आएका सञ्चारकर्मीहरू सिंहले पोखेको आक्रोश सुनेर थप त्रसित बनेको अन्नपूर्ण पोस्ट बाराका संवाददाता दिवाकर भण्डारीले बताए। समाचार संकलन गर्न बोलाएर उल्टै धम्की दिन थालेपछि कार्यक्रममा उपस्थित पत्रकारहरूले असुरक्षित महसुस गरेर सभास्थल छोडेर हिँडेको भण्डारीले जानकारी दिए। आयोजकले सञ्चारकर्मीहरूलाई अतिथि बनाएर मञ्चमा आसनग्रहण गराएको थियो।

यसैबीच नेपाल पत्रकार माहासंघको बारा शाखाले सभासद् सिंहको चेतावनीप्रति आपत्ति जनाउँदै भर्त्सना गरेको छ। तराईमा पहाडी समुदायका पत्रकारप्रति जोखिम बढ्दै गएको समयमा सभासदबाट आएका यस्ता अभिव्यक्ति झनै घातक हुने शाखा अध्यक्ष गुरु गौतमले बताए।
स्रोत : नेपाल समाचारपत्र

Monday, October 12, 2009

हैन अब माओबादी कता आन्दोलन तर्फ कि सहमतितर्फ वा पराजयतर्फ ?

अस्तिसम्म तिहारपछि आन्दोलनमा जान्छौ सहमति हुदैन भन्ने डा.बाबुराम भट्टराईको बारेमा दैनिकी डट कममा प्रकाशित समाचार विवरण हेर्नुस त :

तिहारलगत्तै माओवादी सरकारः बाबुराम


गोर्खा, २६ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टाराईले तिहारलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्ने ठोकुवा गरेका छन।
नियमित कार्यक्रम अन्तरर्गत गृह जिल्ला गोरखा पुगेका डा.भट्टराईले सोमबार बिहान गोरखा अस्पताल परिसरस्थित जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले संञ्चालनमा ल्याएको फार्मेसी उदघाटनमा राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताए।
उनले वार्ता र सहमतिको आधारमा एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र 'कठपुतली सरकार' ले विदा लिने ठोकुवा गरे। उनले वर्तमान सरकार रही रहे संविधान पनि नबन्ने र शान्तिप्रक्रिया समेत धरापमा पर्ने धारणा राखे ।
भटटराईले राष्ट्रिय सरकारको निर्माणको विकल्प नभएको स्पष्ट पार्दै उनले तिहारलगत्तै आफ्नो पार्टीको नेतृत्वमा सरकार नबने जनता सडकमा उत्रने चेतावनी दिए।

हैन कमरेढ जनता भनेका माओबादी कार्यकर्ता र माओबादीहरुमात्रै हुन् कि क्या हो | जनताले माओबादीमाथि राखेको बिश्वास घट्न तबदेखि सुरु भयो जब क. प्रचण्डको भिडियो नेपाल लगायत विश्वभरि फैलियो | फेरी पनि यहाहरुकै सत्तामोहकै कारण कहिले आन्दोलन र कहिले सहमतिको राजनीतिको कुरा गर्ने तपाईहरुको दुइ जिब्रे बानिले जनताले तपाईहरुको सत्तामोहमा पर्नुभएको कुरा थाहा पाइसकेका छन् जुन आशा र बिश्वास जनताले माओबादीमाथि गरेका थिए ति सबै खेर गएको जनताले थाहा पाइसके | कमरेढ हुन त काँग्रेस, एमाले त पहिले देखिने जनतालाई झुक्याएर र धोका दिएर राजनीति गर्ने पार्टी थिए तर त्यो भन्दा पनि खतरनाक त माओबादी पो भएर निस्क्यो त | कमरेढ गफ मात्र दिने प्रबृत्ति छोडेर काम गर्ने प्रबृत्तितर्फ लाग्ने हो कि अर्को चुनावमा कांग्रेस एमालेले भन्दा नराम्रो हार बेहोर्ने हो ?

यो समाचारबाट पुस्टि हुन्छ कि माओबादीमा सत्तालिप्साको मोह कति रहेछा नत्र भने अस्तिसम्म तिहारपछि आन्दोलनमा जान्छौ सहमति हुदैन भन्ने डा.बाबुराम भट्टराईको बोलि एक्कासी यसरि परिवर्तन नहुनुपर्ने हो | तर क. बाबुरामको यो बोलीले जनतामा अझ अन्योलता थपिएको छ | उसै त समयमा नै संबिधान नबन्ने कुरा प्रकाशमा आइरहेको बेला कमरेडको यस्तो प्रतिक्रियाले अब राजनीतिक दलहरु सरकार बनाउने र ढलाउने खेलमै मस्त रहेर संबिधान नबाउने खेलमा लाग्ने नै त हैन भन्ने शंका उपशंकाहरु उब्जिन थालेका छन् |

Thursday, October 8, 2009

अब सुदूरपश्चिमका बाढीपिडितलाई पनि उद्दार गर्नेकी प्रधानमन्त्रीज्यु ?

पहिरोका कारण अछाममा २४,
डडेल्धुरामा १२, बझाङ्गमा ७,
बैतडी र डोटीमा दुई/ दुई जना
बाढीले कैलालीमा ५ को मृत्यु

प्रधानमन्त्रीज्यु तपाइले हालसालै गर्नुभएका कामहरुमध्ये केहि कामहरु अहिले चर्चाको शिखरमा छन् | हुन त तपाइको कामका विभिन्न रुपमा आलोचना नभएका पनि हैनन, तपाइको कामलाई नाटक नभनिएको पनि छैन तर पनि तपाइको कामको प्रशंसा गर्नेहरुको पनि कमि छैन यहाँ | प्रसुती वेदनाले कालको मुखमा पुग्न लागेकी रुकुम मुसिकोट रातामाटाकी २० वर्षिया कमला चन्दलाई हेलिकप्टरमा हालेर उद्धार गरेर ज्यान जोगाइदिएर जसरि उनको लागि भगवान बनेर देखिनु भयो त्यसै गरि सुदूरपश्चिमका बाढिपिडितहरुको उद्दारमा सक्रिय रुपमा तपाई आफै लागेर अरुलाई पनि लाग्न प्रेरित गर्ने हो कि ? यसबाट तपाइप्रतिको जनताको बिस्वास झनै बढ्न सक्थ्यो कि ?

जसरि जनआन्दोलका घाइते काभ्रेका मुकेश कायस्थ र काठमाडौं सतुंगलका विष्णुलाल महर्जनलाई भेट्न प्रधानमन्त्री नेपाल उनकै निवासमा पुगेर घाइतेका परिवारसंग भलाकुसारी गरेर सरकारले दिंदै आएको चार हजार मासिक भक्ता बढाएर १० हजार पुर्याउने प्रतिबद्धताका साथ दुबैको उपचार प्रकृयालाई अगाडि बढाउने वचन समेत दिनुभयो त्यसैगरी बढिपिडितहरुलाइ राहत उपलब्ध गराउन अर्थमन्त्रिज्युलाई अनुरोध गरेर सुदूरपश्चिमका बढिपिडितहरुको उद्दार कार्यमा आर्थिक सहयोग गरेर देशमा आएको बिपत्तिबाट जनतालाई जोगाउन सहयोग गर्नु हुन्थ्यो कि ?

जसरि तपाइले टुरिस्ट बसमा काठमान्डौको सयर गरि त्यहाको स्थिति बुझ्नुभयो त्यसै गरि सुदूरपश्चिममा गएर त्यहाको बस्तुस्थिति बुझेर त्यहा गर्नुपर्ने सुधार तथा त्यहाँ गर्नुपर्ने बिकाशनिर्माणका कार्यहरुलाई द्रुत गतिमा बढाउन पहल गरेर सुदूरपश्चिममा पुन: यस्ता घटनाहरु दोहोरिन नदिने हो कि !

अत: प्रधानमन्त्रीज्यु अब सुदूरपश्चिमका बाढीपिडितलाई पनि उद्दार गर्नेकी प्रधानमन्त्रीज्यु ? एकपटक फेरी सहयोगका निम्ति तपाइको हातखुट्टालाई सुदूरपश्चिमतर्फ लम्काइ दिनुहोला भन्ने सानो अनुरोध गर्दछु | कृपया यसलाइ जनताको अनुरोध सम्झेर स्विकारी दिनुहोला |

पहिरोका कारण अछाममा २४,
डडेल्धुरामा १२, बझाङ्गमा ७,
बैतडी र डोटीमा दुई/ दुई जना
बाढीले कैलालीमा ५ को मृत्यु
फेरी पनि नेपाली जनताले यस्तो खबर सुन्नु नापरोस यहि छ मेरो कामना |

नाटक गर्दै दलहरु

लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका लागि दलहरुले आज पनि छलफल तथा बैठकहरुलाई निरन्तरता दिने भएका छन्। प्रधानमन्त्री माधव कुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनालले विहानै छलफल गरे।
पछिल्लो समसामयिक राजनीतिक गतिरोधको निकास खोज्ने क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा माओवादीले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा, कांग्रेस र एमालेले तयार पारेको साझा सहमतिको प्रस्तावका बीचबाट सहमति खोज्नुपर्नेमा दुई नेताहरु सहमत रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो समयमा भइरहेका राजनीतिक बिकासक्रमका विषयमा छलफल, सरकार परिवर्तनको विषयमा चलेको हल्ला र पार्टी भित्रको असन्तुष्टिका विषयमा पनि भेटवार्तामा छलफल भएको थियो । दुई नेताहरुबीच आज बस्ने गरी तयारी भइरहेको शीर्ष बैठकको एजेन्डाको विषयमा पनि छलफल भएको बताइएको छ ।

यसैबीच, राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको प्रयासमा जुटिरहेका प्रमुख तीन ठूला दलका शिर्षनेताहरुको बैठक आज बस्ने भएको छ । एमाले मुख्य सचेतक भिमप्रसाद आचार्यका अनुसार साझा संकल्प प्रस्तावमा सहमति जुटाउन आज शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।

उनले बैठकका लागि आन्तरिक तयारी भइरहे पनि अहिलेसम्म समय र स्थान भने निश्चित भइनसकेको जानकारी दिए।

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे साझा सहमति बन्न नसक्दा राजनीतिक गतिरोध लम्बिरहेको छ।

यसै सिलसिलामा आज प्रमुख ३ दलको बैठक बस्ने तयारी गरिएको छ।

साझा संकल्प प्रस्तावमा राष्टपपतिको कदमवारे उल्लेख गर्ने वा नगर्ने वारे प्रमुख प्रतिपक्षी दल एकीकृत ने.क.पा माओवादी र सत्ताधारी दलहरु कांग्रेस र एमालेबीच विवाद छ। यसले गर्दा सहमति कायम हुन सकेको छैन|
Source:: Dainikee

Sunday, October 4, 2009

नक्कली एसएमएसले मोबाइल ग्राहक ठगिए

रामचन्द्र भट्ट, काठमाडौं, असोज १८- आइतबार दिनभरि नेपाल टेलिकमका अधिकांश मोबाइल उपभोक्ताले एक खालको सन्देश प्राप्त गरिरहे। मोबाइल उपभोक्ताले प्राप्त गरेको सन्देशको व्यहोरा थियो, 'आज टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुरा गरेको अवसरमा १० जनालाई यस्तो एसएमएस पठाउँदा २ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउनेछन्।'

२ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउने लोभमा धेरैले आफ्ना साथी, आफन्तलाई त्यही सन्देश पठाए। दिनभरि कुर्दा पनि त्यस्तो सन्देश पठाउनेको मोबाइलमा २ सय रुपैयाँ थपिएन।
'मेरो मोबाइलमा १० जनालाई एसएमएस पठाउँदा दुईसय रुपैयाँ व्यालेन्स थपिने म्यासेज आयो,' भूमिसुधार मन्त्रालयका सहसचिव बेगेन्द्र पौडेलले नागरिकसँग भने। २ सय रुपैयाँ थपिइहाल्छ कि भन्ने आशामा उनले १२ जनालाई त्यही म्यासेज पठाएका थिए। 'दिनभरि कुर्दा पनि व्यालेन्स नथपिएपछि मैले ठगिएको महसुस गरे,' पौडेलले भने।


टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुगेको तथ्य साँचो हो। तर १० वर्ष पुरा गरेको आइतबार नभै गत वैशाखमै हो। २०५६ वैशाखबाट नेपालमा मोबाइल टेलिफोन सुरु भएको हो।

त्यस्तो सन्देश पठाउने मध्य केहीले साथीभाइ र आफन्तलाई मुर्ख बनाउन पनि पठाएको बताएका छन्। 'मलाई अफिसकै सहकर्मी दिदीले पठाइन्, मलाई विश्वास त लागेको थिएन साथीहरुलाई जिस्क्याउनकै लागि मैले पनि २/३ जनालाई पठाइदिए,' बालाजु नेपालटारकी गायत्री भट्टले भनिन्।
कतिपयले भने दायाँबायाँ केही सोधीखोजी नै नगरी धमाधम १० जनालाई म्यासेज पठाएका थिए। उनीहरुको मोबाइलमा २ सय थपिनुको बदला बेफ्वाँकमा १० वटा म्यासेजको ६ रुपैयाँ ३० पैसा खर्च भयो।
टेलिकमले चाडपर्बको समयमा एसएमएसमा आधा छुट दिएको समय भएर मात्र १० वटा म्यासेजको ६ रुपैयाँ ३० पैसा मात्र खर्च भएको हो। अरु समय भए एउटै म्यासेजको १ रुपैयाँ २५ पैसा खर्च हुन्थ्यो।
मोबाइल उपभोक्ताका अनुसार शनिबार साँझदेखि नै यस्तो खालको म्यासेज आउन थालेको हो। आइतबार साँझसम्म नै यस्तो खालको म्यासेज आउने क्रम जारी थियो। २ सय रुपैयाँ व्यालेन्स थप्ने होडबाजीमा कतिपयले त पोस्टपेड मोबाइलका उपभोक्तालाई समेत म्यासेज पठाएका थिए।
त्यस्तो म्यासेज पूरै नक्कली हुन्,' टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। उनले टेलिकमले उपभोक्ताको लागि दिने छुटलगायतका सुविधाबारे प्रेस विज्ञप्ति र सार्वजनिक सञ्चार माध्यमबाटै पूर्व सूचना गरिरहेको समेत बताए।
व्यालेन्स थपिने आशामा कति ठगिए भन्ने बारेमा विवरण भने टेलिकमसँग छैन। सामान्य अवस्थामा दैनिक ९ लाख वटा एसएमएस टेलिकमका उपभोक्ताले गर्छन्। आइतबार गरिएको एसएमएको रेकर्ड सोमबारमात्र हेर्न मिल्ने हुँदा पत्ता लगाउन नसकिने टेलिकम अधिकारीहरुले बताए।
एसएमएसमा लेखिएको सन्देशको आधारमा टेलिकमले रोक्न सक्दैन। त्यस्तो प्रविधि टेलिकमसँग छैन। 'एउटा उपभोक्ताले अर्कोलाई जेसुकै विषयमा पनि एसएमएस पठाउन सक्छ, टेलिकमको प्रविधिले फिल्टर गर्न सक्दैन,' थिकेले भने।

SOURCE: NAGARIKNEWS

Linking Networks