सुरुदेखि नै विश्वकपको दाबेदार मानिदै आएको र आफ्नो अपराजित यात्रा लम्ब्याउदै आएको देश अर्जेन्टिनाको अप्रत्याशित र अबिस्वासनिय पराजयपछी अब स्पेनको सपोर्टमा लगियो है जसले जे भने पनि |
हुन त कसैले जितेर हामीलाई हुनेवाला केहि छैन तैपनि फूटबलप्रति हाम्रो प्रेम भनौ वा Crazyness भनौ यति बढ्दै छ कि हामीलाई World Cup को Game छुट्यो भने त्यसको नतिजा बिहानै पाउन हतार हुन्छ हामीलाई | अहिले नेपालमा मात्रै नभएर विश्वमै फूटबलको भुत छाडेको छ सबैलाई | के बुढा के बालक सबैको मुखमा विभिन्न रास्ट्रको नाम हुन्छ विश्वकपको बिजेताको रुपमा | सेमी फाइनलमा जितेर बाकी रहेका राष्ट्रहरुमध्ये अबको मेरो समर्थन Spainलाई|
व्यस्तताको कारणले ब्लग update गर्न नपाएकोमा क्षमा माग्दै तपैहरुको समर्थनको राष्ट्र बारे लेखना अनुरोध गर्दछु|
Thursday, July 8, 2010
Tuesday, June 29, 2010
लोकतन्त्र : नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु
हुन त जनताले अहिलेसम्म कुनै शासन आए पनि केहि पाएका छैनन् दुख बाहेक | न राणाशासण कालमा शान्ति र चैनको सास फेर्न पाए न पंचायत कालमा न बहुदल आएपछि न लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात नै राहत महसुस गर्न पाएका छन् | झन् लोकतान्त्रिक गणतन्त्रको बहालीपछि त यहाँ १ राजाको ठाउंमा कयौं राजाहरु आए | जसले गर्दा मुलुकमा भएका केहि नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु हेरौं |
उपलब्धी नं. १ :- भ्रस्टाचार तथा घुसखोरिमा अतुलनिय योगदान तथा अबिश्वासनिय सफलता ।
उपलब्धी नं. २ :- सत्ता प्रप्तिको लागि भारतीय नेता तथा उच्च पदस्थ पधादिकारिहरुको गुलामी ।
उपलब्धी नं. ३ :- देशलाई अनिर्णयको बन्दी बनाउन हदैसम्मको लचकताको प्रदर्शन तथा सफलता ।
उपलब्धी नं. ४ :- देशलाई गरीब बनाएर आफु धनी हुने खेलमा राम्रो रणनितीको प्रदर्शन ।

Sunday, June 27, 2010
यतातिर ध्यान कहिले जाला ????
सार्वजनिक यातायातमा मनपरी भाडा
----राजु शर्मा
विभिन्न माइक्रोबस समिति तथा सवारी समितिहरु गठन भइराखेका बेला पनि सार्वजनिक यातायातको भाडा मनपरी रुपमा उठाउने गरिएको छ | एउटै रुटमा पनि सवारी पिच्छे छुट्टाछुट्टै दरले भाडा लिने गर्छन खलासिहरु | सायद सबैभन्दा बढी सवारी चल्ने चक्रपथको रुटमा नै पनि खलासिहरुले सवारी पिच्छे फरक फरक भाडा लिन्छन | Identity कार्डको छुटपश्चात कुनै गाडीले १० रुपैयाँ मात्रै लिने ठाउमा कुनै गाडीले १५ रुपैयाँ पनि लिने गरेको पाइन्छ | १० रुपैयाँ भाडा लाग्ने ठाउमा १५ रुपैयाँ भाडा लिंदा पनि १० रुपैयाँ मात्रै दियो वा १२ रुपैयाँ मात्रै दियो भने पनि खलासिहरुले बेइज्जत गरिदिन्छन उल्टै झगडा गरेर | त्यो भन्दा बरु ५ रुपैयाँ बढी तिर्नु नै बुद्धिमानी हुन्छ भन्दै कतिले त १५ रुपैयाँ पनि दिने गर्छन |

Monday, June 14, 2010
गौशाला..... चाबहिल........
आजदेखि हामीले नयाँ स्तम्भ सडक संघर्ष सुरु गरेका छौं | जस अन्तर्गत हामीले सडकमा संघर्ष गरेर जीवन गुजारा गर्ने व्यक्तिहरुको संघर्ष कथा वा सडक संघर्षसंग सम्बन्धित कथा कविता वा जुनसुकै लेख वा तस्बिरहरु राख्नेछौं | तपाई पनि हामीलाई यस्ता सामाग्रीहरु पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो nepalikonepaliaawaz@gmail.com | हामीलाई प्राप्त पहिलो कथा कुनैपनि सम्पादन बिना तल राखिएको छ |
गौशाला..... चाबहिल...... एअरपोर्ट........ सातदोबाटो........ कुसुन्ती....... कलंकी.........
धेरैलाई चिरपरिचित लाग्ने यो Dialogue उनलाई भने कन्ठै थियो र सधै भट्ट्याइरहन्थे अझ भनौं उनको दिनचर्या बनेको थियो यो Dialogue भट्ट्याउने काम | आधा भन्दा बढी सेतो फुलेको र आधा भन्दा कम कालो कपाल मिस्रित टाउको, अनुहारमा केहि मात्रै फुल्न बाकी काला दारी, स्वरमा २५ बर्से ठिटोको झैँ दम, सामान्य जिउडाल, पेन्ट माथि हल्का मैलो गन्जी, उमेरले ६० कटेका बृद्ध, उनको परिचय यतिमै सिमित हुदैन उनको परिचय अन्त्यमा आएर खलासीमा टुंगिन्छ | हजुर उमेरले ६० कटेपनि किन यो(खलासी) पेशा त ?? भन्ने प्रश्नमा उनि फिस्स हाँस्छन अनि उल्टो प्रतिप्रश्न गर्छन "किन र बुढो मान्छेले खलासी बन्नु हुदैन र ??" हुन त अधिकांस खलासीको इच्छा वा चाहना हुन्छ कि भबिस्यमा Driver बन्ने तर उनको त्यो संग केहि पनि लेनादेना छैनha "भन्छन अब यो बुढो उमेरमा मर्ने बेलामा मा के Driver बन्छु र ??" फेरी अनि किन त यस्तो काम?? भनेपछि सुरु भयो उनको रामकहानी | गाउँको गरिब परिवारमा जन्मेहुर्केका उनले अनपढ हुनाले अन्य जागिर नपाएको भन्दै परिवार र आफ्नो पापी पेट पाल्न यो काम गर्नुपरेको बताउदै भने के गर्नु हजुर पापी पेटले धनि गरिब छुट्याउँदो रहेनछ | आफ्नो ज्यान आफैलाई भरि पर्न थालिसकेको र घरमा काम गर्ने कोहि नहुदा बाध्य भएको कुरा पनि उनले छुटाएनं | यसै बिचमा Drivarको आदेश जारी भयो ओइ चुरोट एउटा किन त | driver आफै चै अधबैंसे २५/३० बर्षे जवान थियो | उनलाई यस्तो तँ तँ को शब्द पचिसकेको थियो |

Monday, June 7, 2010
'डा. भक्तमान' अपहरणदेखी रिहासम्म सबै रहस्यमय र अचम्म
डा. भक्तमान अपहरणको १९ दिनपछी बल्ल बल्ल रिहा भए । न त प्रहरिले अपहरणकारी पत्ता लगाउन सक्यो न भक्तमानको रिहाइपछी कुर्लिने माओवादीहरुले नै पत्ता लगाउन सके । जे भएपनी खुशीको कुरा हो डा. भक्तमान सकुशल रिहा हुनु । तर जसरी उन्को रहस्यमयी ढंगबाट अपहरण भयो त्यसरी नै उनको रिहाइ अझै रहस्यमयी भएको छ । अझ रहस्यमयी त उनको कहानि छ । अपहरणकारी त कतै नामै नसुनिएको हिन्दू जनता पार्टी रे । अनी केही समयपछी काठमान्डौमा सर्वजनिक हुने रे अन्य जिल्लामा चाँही सार्वजनिक भईसकेका छन रे (तर कुनै तथ्य बहिर आको था'छैन) । अपहरणकारीले उनलाई रिह गर्न न फिरौती रकम मगे न कुनै सर्त सार्वजनिक गरे न त आफुले अपहरण गरेको भनेर वा रिह गर्दै छौ भनेर कुनै विज्ञप्ती नै जारी गरे ।
अब उनको कुरामा कतिको सत्यता छ त्यो त उनै जानुन तर उनको यो कुरा पुरै काहानी र फिल्मी स्टाईलको छ अनी उनी छन साह्रै डरमा । कारण उनी कुनै पनि कार्यक्रममा खुलेर कुरा गरिरहेका छैनन मानौ उनको मुखबाट सत्य बाहिर आउला । अनी अपहरणकारीको धम्कीले नराम्रा्ओ र उग्र रुप लेला । मलाई त लाग्छ अहिलेसम्मा डा भक्तमान हैन एउटा रङ्गकर्मी बोलिरहेको छ जस्को मुखबाट निर्देशकको निर्देशन अनुसारका वाक्यहरुमात्रै बहिर आइरहेका छन ।

Saturday, May 29, 2010
संविधानको समय सिमा हैन तलब र भत्ता थप
जसरि जनताले राणाशसाण हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!हिजो जेठ १४ गते हाम्रो अन्तरिम संबिधानको अन्तिम र नयाँ नेपालको समाबेशी संविधानको पहिलो दिन हुनुपर्थ्यो तर......... तरले कुरो बिगार्यो फलस्वरूप नयाँ संबिधान जारी गर्न भनेर एक बर्ष समय थपियो अन्तरिम संविधानको | अन्तरिम संविधानको मिति त थपियो तर यहाँ पनि तरले कुरो बिगार्न सक्छ यत्रो समयमा त केहि तयारी छैन भने एक बर्षमा नै संविधान बनाउलान यी सभासदहरुले भनेर के विश्वास गर्नु ? खैर छाडौं यी कुरा, आखिर या त नयाँ संबिधान जारी या त अन्तरिम संविधानको म्याद थप त गर्न नै थियो मुलुकलाई बचाउन | तर अनौठो के छ भने आखिर अन्तिम घडीमा आएर मिल्नु नै (राजनीतिक भाषामा झुक्नु नै थियो ) थियो भने यत्रो नाटक किन गर्नु र जनतालाई किन नानाभाति भनेर दुख दिनु |
समुह
New Constitution,
Own View,
Politician,
politics
Wednesday, May 12, 2010
अब झन्डा नबोक्ने जनताको मर्का कसले बुझ्ने, जंगली जनावरले?
सन्तोष रिमाल, काठमाडौं, वैशाख २९- नेपाली आकासमा निजी कम्पनी विमानहरूको चुरीफुरी बढ्दो छ। तर, सरकारी विमानको हालत भने पखेटा काटिएका पन्छीहरूको जस्तो छ। हिजोआज टिभीमा 'मुटु चाहिन्छ मुटु' भन्दै छाइरहने कलाकार तथा विमानचालक विजय लामाले मंगलबार नागरिकसँग यही विषयबाट कुराकानी सुरु गरे।
कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्। उनलाई लाग्छ व्यवसायिक सफलताको तगारो यही हो।
'युनियन धेरै भए। युनियनहरूले गर्दा निगम व्यावसायिकभन्दा राजनीतिक थलो बन्यो,' उनले भने, 'आवाजको गतिमा चल्नुपर्ने निगममा झटपट निर्णय हुनुपर्ने हो।' तर, निगममा पञ्चभेलाले जसरी निर्णय गर्ने शैलीदेखि उनी दिक्क छन्। पछि पर्नुको एउटा कारण यसैलाई मान्छन्।
'सबैको राय बुझेर निर्णय गर्न खोज्दा लामो समय लाग्छ। २१ औं शताब्दीको एयरलाइन्स क्षेत्रको बाधक भनेकै ढिलसुस्ती हो,' अरु कार्यालयजस्तै सरकारी पाराले निगमलाई पनि सताएको उनले दोहोर्याए।
'नेपाल वायुसेवा निगमको स्थिति खस्कनुमा दोषी को?' यो पहिलो प्रश्नमा निगमका क्याप्टेन विजयले ढाकछोपको प्रयास गरेनन्, 'हामी कर्मचारी नै हौं। दोषबाट पन्छिन अरूलाई किन औंला देखाउनु?'