Friday, September 25, 2009

धनेको दशैं

पोहोर सालको दशैमा लिएको ऋण नै तिर्न सकेको छैन फेरी दशैं आइसक्यो अब त साहूहरुले ऋण पनि पत्याउन छडिसके यसपालीको दशैं कसरी मान्नु होला धने यही सोचमा ब्यस्त रहेकै बेला छिमेकीको घरमा आएको घोर्ले खसीको म्या म्या आवाज़ले उसलाई छोराको सम्झना दिलाउछ जो यसपालीको दशैंमा घोर्ले खासिको कान खाने भन्दै धेरै दिन अगाडीदेखि झगडा गर्दै छ | सधै झै यसपाली पनि धनेको लागी दशा बनेर दशैं आइसकेको छ | धने मनमनै सोच्छ की यो दशैंमा पनि छोराको इच्छा पूरा गर्न नसके बाऊ हुनुको के अर्थ भो र ? अब धने घर जग्गाको कागज लिएर लाग्छ राम साहूको घरतिर ऋण लिनलाई |

बरांडामा बसिराखेको राम साहू धनेलाई देखेर सोध्छ "हैन हो धने के कती कामले आइस हो मेरो यो रामझुपडिमा ?"
धने भारी मनले घरजग्गाको कागज साहुलाई दिदै दशैं खर्चको लागी साहुलाई गुहार्छ |
पहिलाकै १०/१२ हजार रुपैया बाकी छ त्यहीँ माथि ऋण थपेर कहिले तिर्छस हो धने ? साहू दया देखाउदै प्रश्न गर्छ |
के गर्नु हजूर बर्षमा एकचोटी आउने दशैंमा छोराछोरिलाई कसरी दुखी पार्नु त्यै भ'र साहुकोमा आ'को |
लौ अब त त्यसै भन्छस भने यो १० हजार ले'र जा तर यो चैतको अन्त्यमा चाही जसरी पनि १५ हजार बुझाईनस भने चाही तेरो घरबार उठ्छ नि फेरी |
हस भन्दै तमसुकमा ल्याप्चे लगाएपछि उ घर जान्छ र दशैं मनाउछ | यसरी प्रत्येक बर्ष ऋण लिदै दशैं मनाउदा मनाउदै उसको ऋणले उस्कै घरजग्गा लान लागिसकेको त उसले भर्खरै थाहा पाउछ र फेरी कसरी ऋण तिर्ने भनेर सोच्न थाल्छ | उसको यो दशैं पनि छोराछोरीलाई खुसी तुल्याएर आफु दुखी हुदै बित्छ | हरेक बर्ष धनेको दशैं यस्तै हुने गर्छ | र फेरी धने सोच्न थाल्छ आखिर कहिलेसम्म मेरो दशैं यस्तो रुपमा चल्ला त ? उसको यो प्रश्न फेरी पनि निरुत्तरित छ |

1 प्रतिकृयाहरु:

Anonymous said...

बिचरा धने ! यहाँ यस्ता धेरै धने हरु छन जसले प्रत्येक दशैंमा यस्तै दुख भोग्छन |

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks